Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘घरज्वाईं’को बुकिङ खुल्ला, प्रिमियरमा पायो तारिफ

✍ परिकला न्यूज
असार २७, २०८१ मा प्रकाशित
फिल्म ‘घरज्वाईं’को बुकिङ खुल्ला, प्रिमियरमा पायो तारिफ

इटहरी/ अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगर अभिनित फिल्म ‘घरज्वाईं’ यहि शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन अघि प्रिमियर गर्ने प्रचनललाई यो फिल्म युनिटले पनि आत्मसात गर्दै ‘घरज्वाइँ’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियरसंगै फिल्मको बुकिङ समेत खुल्ला भैसकेको छ । प्रिमियर शोमा सिनेमा हेर्न प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, ‘खुस्मा’ निर्देशक अशोक थापा, निर्देशक तथा वितरक अशोक शर्मा, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बम्जन, अभिनेत्री पशुपति राई, निर्माता मणिराम पोखरेल, निर्माता तथा निर्देशक अपिल बिष्ट लगायतका सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिनिधि समभाकी उपसभामुख इन्दिरा राना मगरले प्रिमियरमा सिनेमा हेरे पश्चात मिडियासँग प्रतिक्रिया दिँदै – ‘यो सिनेमाले मगर सम्प्रदायको त्यो पनि पश्चिमतिरको हाम्रोमा पूर्व र पश्चिमको मगर छ । पश्चिमको मगरले खाम बोल्छन् । हामी पूर्वको मगर हामी चाहीँ मगर भाषा भन्छौं । हामी पनि पश्चिमबाट नै बसाई सरेर पूर्व पुगेका हौं । रुकुमको तकसेरा क्षेत्रको कथा उठान गरेको सिनेमामा टिपिकल कुराहरु सिनेमाले उठाएकाले घरज्वाइँ उत्कृष्ट बनेको छ ।’ अभिनेत्री उपासना सिंह ठकुरीले पनि सिनेमा निकै मन परेको बताइन् । यो सिनेमाको स्टोरी लाइन नै एकदमै फरक लाग्यो । म सुदुरपश्चिमबाट आएको मान्छे भएर यो कल्चर मलाई एकदमै फरक र राम्रो लाग्यो । यो सिनेमाले महिलाको इमोसन र सेन्सेटिभ कुराहरुलाई ध्यान दिएर चाहीँ पहिलो प्रथामितामा राख्ने संस्कृति राम्रो लाग्यो । यसले गर्दा सिनेमाले आफुलाई छोएको उपासनाले बताउँछिन् ।

अभिनेता कुन्साङ बम्जनले पनि सिनेमाको कथावस्तु र प्रस्तुती निकै मन परेको बताए । फिल्मका मुख्य अभिनेता दायाहाङ राईले मगर संस्कृति निर्देशक अनिलले ५ बर्ष अगाडी कन्सेप्ट बनाएर गरेको तयारी यतिवेला भाको भएदेखि म नहुँन पनि सक्थे होला । तर, त्यो वेलादेखिको हाम्रो एउटा प्लानिङ भएर यो प्रोजेक्ट भएको बताए । साथै, ‘घरज्वाइँ’ मगर कल्चर हो । कल्चरमाथि इन्ट्रेस्ट हो मेरो । हरेक कल्चरहरुलाई म मरो क्षमताले भ्याएसम्म बुझ्ने कोशिस गर्छु । अझ मैले गर्ने काममा नै यी कुराहरु आउँदा त म एकदमै खुशी छु । मैले नढाटी भन्दा चाहीँ म मगर संस्कृतिबाट निकै नै टाढा नै हो । मेरो जिल्ला र गाउँमा नै मगरहरु निकै कम हुनुहुन्छ । त्यसैले पनि यो फिल्ममा सवैले हेरेर सहयोग गर्नु हुन्छ भन्नेमा विश्वस्त छु ।

अभिनेत्री मिरुना मगरले पनि ‘घरज्वाइँ’ हेरेपछि मिडियासँग प्रतिक्रिया दिने क्रमममा हामी सानैदेखि हुर्किदा पूर्वमा हुर्केको हो । मेरो घर धरान भएको कारणले मैले पूर्वेली तरिकाले मगर समुदायमा के-के गरिन्छ । त्यहाँको कल्चरहरु चाहीँ मैले देख्दै घरमा पनि त्यो कुराहरु लागु गर्दै हुर्केको हो । तर, यो फिल्ममा काम गरिरहँदा हामी मगरहरुको कल्चर कति रिच रैछ भन्ने कुरा मैले महसुस गरे । पूर्वी रुकुम, तकसेरा, बाछिगाउँ, लुगुम म कैले पुग्छु भनेर सोचेको पनि थिइन् । त्यहाँ पुग्दा मैले जुन देखेको थिए । मगर कल्चर त्यो भन्दा अझै बढि रैछ । भिन्न भिन्न किसिमको रैछ भन्ने जान्न र बुझ्न पाए । त्यसैले सम्पुर्ण नेपाली फिल्मका दर्शकले पनि मगर कल्चर जान्न र बुझ्नको लागि पनि यो सिनेमा हेर्न जरुरी छ ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
अनिल बुढा मगरेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ । फिल्म असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुनेछ । फिल्मका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले फिल्मको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ ।

अगाडिकाे पाेस्ट

कर्मा शाक्य र रुबिना थापाको सम्बन्ध विच्छेद

अर्काे पाेस्ट

फिल्म ‘गुन्यो चोलो’मा नाजिरको फरक अवतार कस्तो लाग्यो ? कार्तिक ९ गते रिलिज तय

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी
इभेन्ट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana