Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘सिएनएम’फिल्म फेस्टिभलमा छनौट भएका सबै फिल्म किन प्रदर्शन गरिएन् ? यस्तो छ कारण

✍ सुवास संकल्प
असार २१, २०८१ मा प्रकाशित
‘सिएनएम’फिल्म फेस्टिभलमा छनौट भएका सबै फिल्म किन प्रदर्शन गरिएन् ? यस्तो छ कारण

इटहरी/ यहि असारको १८ र १९ गते कोशी प्रदेशमा दोश्रो पटक चलचित्र महोत्सव सम्पन्न भएको छ । पहिलो पटक सरकारी तवरबाट जेठमा सम्पन्न भएको थियो भने यसपटक सार्वजनिक संस्थाबाट फिल्म महोत्सव सम्पन्न भयो । कमिकमजोरीलाई अलग्गै राखेर हेर्ने हो भने यी फिल्म महोत्सवले कोशी प्रदेशलाई चलचित्र हबको बाटो तर्फ डोहोर्याएको छ भने यो ठाउँमा चलचित्रको विकास, समृद्धि र कोशी प्रदेशमा सरकारी तवरबाट फिल्म क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनेको छ । यता काठमाडौ र कोशी प्रदेशका फिल्मकर्मीहरुको जमघट बन्ने माध्यम समेत बनेको छ ।

तर, राम्रो गर्न खोज्दा खोज्दै देखिएका कमिकमजोरीहरुले आम जनमानसमा भने फिल्म महोत्सवको गरिमा माथी प्रश्न भने पक्कै खडा हुन्छ । कतिपय ठाउँमा भने बुझाई गलत पनि हुनसक्छ । यस बिषयमा उठेका केही प्रश्नमाथी हामिले यथार्थ बुझ्ने प्रयास गरेका छौँ । नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुति तथा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल’ सम्पन्न भयो । २ दिने कार्यक्रम भब्य नै भयो । तर, जुरिले अफिसियल छनौट गरेका २४ ओटा फिल्ममा सबै नदेखाईएको गुनासोहरु आए । २ दिने महोत्सवमा जम्मा ७ ओटा मात्रै लामा तथा छोटा फिल्म देखाईएको थियो । यो बारेमा सामाजिक संजालमा समेत टिकाटिप्पणीहरु आए ।

यस बिषयमा आयोजक रहेको नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानसंग बुझ्न खोज्दा अफिसियल छनौट भएका सबै फिल्महरु देखाउन जरुरी नरहेको बताए । उनका अनुसार केही फिल्म फेस्टिभलमा भ्युअर्स च्वाईस अवार्ड छ भने छनौट भएका सबै स्क्रीनिङ गर्छन्, कुनै फिल्म फेस्टिभलमा छनौट भएका कुनैपनी स्क्रीनिङ गर्दैनन् भने कुनै फिल्म फेस्टिभलमा अफिलियल छनौट भएका मध्ये पनि केहिमात्रै स्क्रीनिङ हुन्छन् । आफुहरुले पनि यहि अनुसार अफिसियल छनौट भएका मध्ये केहिमात्रै स्क्रीनिङ गरेको बताए । यस्तै छनौटमा परेका फिल्म निर्माताहरुलाई डिसिपि फाईल पनि मागिएको थियो । सबै फिल्मको डिसिपि फाईल नआएको कारणले गर्दा पनि स्क्रीनिङमा कमि आएको अध्यक्ष प्रधानको भनाई छ ।

यता ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल’को प्रस्तुतकर्ताको रुपमा रहेको नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीको पनि सोही धारणा छ । कार्यक्रम स्थल सिटि सिनेमामा सिमित समयको लागी मात्रै हल उपलब्ध भएको कारण र डिसिपि फाईल उपलब्ध नहुनुले पनि यस्तो हुन पुगेको उनको भनाई छ । अध्यक्ष प्रधानले झैँ पराजुलीले पनि जुरिले सेलेक्सन गरिसकेपछि सबै फिल्म स्क्रीनिङ गर्नैपर्छ भन्ने नहुने बताए ।

उक्त महोत्सवबाट फिल्म ‘प्रेमगीत ३’बाट उत्कृष्ट अभिनेता प्रदिप खड्का र फिल्म ‘जारी’बाट उत्कृष्ट अभिनेत्री मिरुना मगरलाई घोषणा गरियो । यस्तै बेस्ट निर्देशक फिचर फिल्मको अवार्ड सन्तोष सेन र स्व.छेतेन गुरुङले पाए भने बेस्ट माउन्टेन फिल्म ‘प्रेमगीत ३’, बेस्ट टुरिज्म फिल्म ‘मन्त्र’, बेस्ट जुरि अवार्ड ‘बिछेद’ र बेस्ट कल्चल फिल्मको अवार्ड ‘जारी’ ले हात पार्यो । यस्तै क्यानडाको ‘लभ, लष्ट र फाउन्ड’ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको अवार्ड पाँउदा नेपालको फिल्म ‘बुलाकी’ले बेस्ट फिचर फिल्मको अवार्ड पायो । बन तथा वातावरण मन्त्री नारायण मगरले उद्घाटन गरेको उक्त फिल्म फेस्टिभलको दोस्रोदिन बिजेताहरुलाई चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, नेपाल चलचित्र निर्देशक समाज अध्यक्ष जनकदीप पराजुली र नेपाल चलचित्रकर्मी महासंघ अध्यक्ष अरुण कुमार प्रधानले अवार्ड प्रदान गरेका थिए ।

यस्तै ‘चलचित्र सम्मान २०२४’ बाट फिल्म निर्माता तथा निर्देशक सन्तोष सेन र ओएसआर डिजिटलका संचालक ओम अग्रवाल सम्मानित भए । यता चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश उपाध्यक्ष बिरेन्द्र कुमार शाह, सदस्य मौसमी कार्की, चलचित्र पत्रकार संघ मोरङ शाखा सचीव सन्तोष बास्तोला कदरपत्र सहित सम्मानित भए भने चलचित्र क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखा सचीव सुमन भट्टराई र न्यु सृष्टि दैनिकका अनुज सापकोटालाई दोसल्ला र सम्मान पत्रसहित सम्मानित गरियो ।

त्यसैगरी अभिनेता सुवास मेचे, राजेन्द्र भगत, सानुबाबा सुब्बा, निर्देशक इन्द्र परियार, अभिनेत्री निलम खवास, सारदा शाक्य, रेनु चौधरीसंगै एक्सन निर्देशक हेमनारायण राजबंशी र निर्देशक दिपनारायण राजबंशीलाई प्रदेश कलाकारको रुपमा सम्मान गरिएको थियो । महोत्सवमा नेपाल सहित अमेरिका, क्यानडा, भारत, वंगलादेशगरि ५ देशबाट फिचर, डकुमेन्ट्री, सरटमुभी जम्मा ४३ ओटा प्राप्त भएको थियो । प्राप्त फिल्महरुलाई जुरीको रुपमा रहेका इनास नेपाल च्याप्टर उपाध्यक्ष तथा फिल्म निर्देशक ऋषि लामिछानेको संयोजकत्वमा चलचित्र निर्देशक समाजकी कोषाध्यक्ष समुन्द्र भट्ट, संचारकर्मी तथा गीतकार दयाराम पाण्डे र नेपाल निर्देशक समाजकी निवर्तमान अध्यक्ष तथा निर्देशक रक्षासिंह राणाले हेरेपछि २४ ओटा फिल्महरु छनौट भएका थिए । समापन तथा अवार्ड वितरण कार्यक्रममा चलचित क्षेत्रका दर्जनौं विशिष्ट चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।

अगाडिकाे पाेस्ट

‘मिस्टर नेपाल २०२४’ को अडिसन झापाबाट शुरु, भोलि बिराटनगरमा अडिसन हुदैँ

अर्काे पाेस्ट

विशिष्ट व्यक्तिहरूलाई सम्मानसहित भोलि विराटनगरमा फिल्म ‘चारदाम’को विशेष शो गरिने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana