इटहरी/ चर्चित गायक सुशान्त केसीले अमेरिकाको न्युर्योकमा दर्शक नचाउाने भएका छन् । न्युर्योकस्थित टाइम्स् स्क्वारको प्लाडिनियममा आगामी २० जुलाई (साउन ५ गते) आयोजना हुने ‘सुशान्त केसी वर्ल्ड टुर लाइभ कन्सर्ट इन न्युर्योक’ नामक कार्यक्रममा उनले आफ्ना चर्चित गीतसंगीतबाट दर्शक झुमाउने भएका हुन् ।
हलिउड र बलिउडका कलाकारका मात्र कार्यक्रम आयोजना हुदै आएको भेन्युमा पहिलो पटक नेपालि कलाकारको कार्यक्रम हुन लागेको हो । कार्यक्रममा सुशान्त सहित ११ जना ब्याण्ड मेम्बरको लाइभ म्युजिक समेत रहनेछ । कार्यक्रमको आयोजना ठमेल एनवाईसीका तर्फबाट लेलिन कडेल, जिमी गुरुब, रोशन गौचनले गर्दैछन् ।
नेपाली गीतसंगीतलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउदै हलिउड र बलिउडका गायक गायिका झै नेपाली गायक गायिकाले पनि सोही स्थानमा र सोही स्तरको कार्यक्रम गर्न सक्छन् झन्ने सन्देश कार्यक्रमले दिने आयोजक मध्यका एक लेलिन कडेलले बताए । कार्यक्रममा १६ बर्ष भन्दा माथिका दर्शकले मात्र सहभागी जनाउन सक्नेछन् । न्युर्योकको प्लाडिनियमफछि सुशान्तको कार्यक्रम अमेरिकाको अन्य ११ स्थानमा समेत हुने आयोजक रोशन गौचनले बताए ।
कार्यक्रमको मिडिया संयोजक रेशम जंग शाह रहेका छन् । करिब ४ घन्टा चल्ने कन्सर्टमा गायक सुशान्तले ‘सारंगी’, ‘नजिक आउ’, ‘गाजलु’, ‘हावाले’, ‘बैमानी’, ‘भरिभरि दिन’ ‘भगेरा’, ‘म तिमिलाई मन पराउाछु’ लगायत दर्जन बढी लोकप्रिय गीत मार्फत दर्शक रिझाउनेछन् । कन्सर्टको टिकट ठमेल एवाईसीबाट उपलब्ध हुने आयोजकले जनाएको छ ।
Discussion about this post