Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

जसिता गुरुङले आपत्ति जनाएपछि स्वस्तिमा खड्काले माफी मागिन्, भएको के थियो ?

✍ सुवास संकल्प
असार ११, २०८१ मा प्रकाशित
जसिता गुरुङले आपत्ति जनाएपछि स्वस्तिमा खड्काले माफी मागिन्, भएको के थियो ?

इटहरी/ अभिनेत्री जसिता गुरुङले आफ्नो व्यक्तिगत कुरालाई राष्ट्रिय टेलिभिजनमा उठाईएको भन्दै आपत्ति जनाएकी छन् । अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरीको लोकप्रिय कार्यक्रम ‘इट्स माई शो’ अहिले उनले छोडेपछि ओसिन सिटौला सो कार्यक्रमको प्रस्तोताको रुपमा आएकी छन् । उनले संचालन गरेको पहिलो एपिसोड नै विवादमा परेको हो । उनको पहिलो गेस्टको रुपमा अभिनेत्री द्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र स्वस्तिमा खड्कालाई निम्त्याएकी थिइन् ।

उक्त कार्यक्रमको एक सेग्मेन्टमा प्रश्न सोध्ने क्रममा अभिनेत्री जसिता गुरुङको प्रेमीहरुको बारेमा ओसिनले प्रश्न गर्छिन् । जहाँ अनमोल केसीको प्रेमिकाको रुपमा अतिथी बनेर कार्यक्रममा पुगेकी स्वस्तिमा र साम्राज्ञीले जसिताको नाम लिन्छन् । उक्त कुराले गर्दा जसिताले आपत्ति जनाएकी हुन् । आफुले यो बारेमा बोल्नै पर्ने भयो भन्दै अभिनेत्री जसिताले इन्स्टाग्राममा ओसिन, स्वस्तिमा र साम्राज्ञीसंगै कान्तिपुर टेलिभिजनलाई समेत मेन्सन गर्दै स्ट्याटस पोस्ट गरेकी छन् । सो स्ट्याटसमा उनले यो अन्तर्वार्ता हेरेपछी आफुलाई गहिरो दु:ख लागेको लेखेकी छन् । उनले ‘के हामी साच्चै एक महिलाले अर्को महिलालाई होच्याउने प्रवृत्तिविरुद्ध छौँ ?’ भन्दै उनिहरुसंग आफ्नो व्यक्तिगत समस्या नरहेको बताएकी छन् ।

आफुले उक्त अभिनेत्रीहरु तथा होस्टलाई सुरुदेखी नै उच्च सम्मान गर्दै आएको लेख्दै जसिताले ‘तपाईहरुको यो कार्यले कतिको जीवन प्रभावित हुनेछ भन्ने सोच्नुभएको थिएन ?’ भनेर प्रश्न गरेकी छन् । जसिताले प्रश्नमाथी प्रश्न गर्दै ‘महिला भएर महिलाकै विरुद्ध यस्तो कार्य गरेर कस्तो उदाहरण बन्नुभएको ?, मेरो परिवारले तपाईको अन्तर्वार्ता र समाचार हेरिरहेका छन भन्ने लाग्दैन ?, कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रुपमा बदनाम गर्न र चर्चा गर्ने कारण के हो ?’ जस्ता प्रश्नहरु तेर्स्याएकी छन् ।

स्ट्याटसको अन्त्यमा आफुलाई साम्राज्ञीले ब्लक गरेको समेत लेखेकी छन् । जसको कमेन्टमा अभिनेत्री स्वस्तिमाले माफी माग्दै आवेगपुर्ण सो कुरा बाहिरिएको लेखेकी छन् । यस्तै उक्त पोस्टको कमेन्टमा अनमोल केसीले पनि ‘कृपया वास्तविक चरित्रमा ध्यान केन्द्रित गर्नुहोस्, मात्रै रिल क्यारेक्टरमा केन्द्रिय नहुनुस् ।’ भनेर लेखेका छन् । त्यस्तै गायिका त्रीसला गुरुङ, कविता नेपाली, अभिनेता सुशील श्रेष्ठलगायतले समेत जसिताको पक्षमा कमेन्ट गरेका छन् ।

यता अनमोलको प्रेमिकाको बारेमा समेत ओसिनले उक्त कार्यक्रममा प्रश्न गर्छिन् । जसमा स्वस्तिमाले आना शर्मा र अस्मि श्रेष्ठको नाम लिन्छिन् । साम्राज्ञि अस्मिको नाम सुन्दा आस्चर्यमा पर्छिन् । तर, स्वस्तिमाले यथार्थ थाहा नभएको तर प्रश्नको जवाफ दिएको भनेर कुरा घुमाउछिन् । कार्यक्रमकि होस्ट सिटौलाले सुरुमै भन्छिन् ‘सुरज सिंह ठकुरीले ठूलो मायाको भारी बिसाएर जानू भाछ’ । तर, त्यो मायाको भारीमाथी ओसिनले अन्याय त गरिनन् ? यति स्तरिय शो होस्ट गर्दा पहिलो एपिसोड नै विवादित बनाउदै गर्दा सुरजले बिसाएको ठूलो मायाको भारी बोक्न पो सकिनन् कि ?

अगाडिकाे पाेस्ट

‘आँखै रसिलो’ गीत खिच्दै सकियो फिल्म ‘यो मन त मेरो नेपाली हो’को सम्पूर्ण छायाँकन

अर्काे पाेस्ट

वर्षा सिवाकोटीलाई प्राथमिकतामा राख्दै फिल्म ‘मोदीबेनी’को पोस्टर सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana