इटहरी/ जनक घर्ती मगरको लगानिमा निर्माण भएको फिल्म ‘घरज्वाईं’ पहिलो गीत सार्वजनिक गरिएको छ । दयाहाङ राई र मिरुना मगको प्रमुख अभिनय रहेको फिल्म ‘घरज्वाइँ’को ‘बिन्जुरी’बोलको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक ‘बिन्जुरी’ बोलको गीतमा एसडी योगीको स्वर तथा सङ्गीत र राम अविरल बिस्टको शब्द समावेश गरिएको छ । सो गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता तथा अभिनेत्री दयाहाङ र मिरुनालाई फिचर्ड गतिएको छ ।
भिडियोमा दया र मिरुना बिचको प्रेम अङ्कुरणलाई देखाइएको छ । सार्वजनिक गीतमा मिरुनालाई ‘बिन्जुरी’को रुपमा प्रष्ट्याईएको छ । बिन्जुरीको अर्थ फूल हो । यहि असार २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘घरज्वाईं’लाई सुसन प्रजापतिले खिचेका हुन् । फिल्मको निर्माण युनिट यतिबेला जोडतोडले प्रचारप्रसारमा लागिपरेका छन् । हेर्नुस् भिडियो ।
अनिल बुढामगरले निर्देशन गरेको फिल्ममा उनकै कथा रहेको छ भने उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । फिल्ममा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ । ‘घरज्वाईं’लाई आरआर फिल्मसले वितरण गर्दैछ ।
Discussion about this post