Sunday, March 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

इटहरीका सुमनले पाए युएईको ‘गोल्डेन भिषा’, कलाकारमाझ पनि यो भिषाको आकर्षण बढ्दो

✍ सुवास संकल्प
जेष्ठ ३०, २०८१ मा प्रकाशित
इटहरीका सुमनले पाए युएईको ‘गोल्डेन भिषा’, कलाकारमाझ पनि यो भिषाको आकर्षण बढ्दो

इटहरी/ कोशी प्रदेशको इटहरी निवासी सुमन फुयाल संयुक्त अरब इमिरेट्स (यूएई) ले २०२० बाट सुरु गरेको ‘गोल्डेन भिषा’ पाउने पहिलो नेपाली भएका छन् । यो भिषा नेपाली वा अन्य देशका सर्वसाधारण नागरिकले पाउन असम्भव जस्तै नै छ । चलचित्र क्षेत्रका हस्तीहरुले पनि यो भिषाका लागी मरिहत्ते गरिरहेका हुन्छन् । केहि वर्षअघि बलिउडका अभिनेता संजय दत्तले यो भिषा प्राप्त गरेका थिए भने भिषा प्राप्त गरेपछी उनले सामाजिक संजालबाट खुशी व्यक्त गरेका थिए । बलिउड फिल्म उधोगबाट यो भिषा प्राप्त गर्ने दत्त पहिलो ब्यक्ति हुन् ।

यस्तै केहि साताअघि मात्रै बलिउड अभिनेत्री सोनाक्षी शिन्हाले पनि यो भिषा प्राप्त गरेकी थिइन् भने बलिउडका दर्जन बढी स्थापित कलाकारहरुले यो भिषा प्राप्त गरेका छन् । यता नेपाली कलाकारहरुमा पनि यो भिषा प्रती आकर्षण बढ्दो छ, तर प्राप्त गर्न भने सकेका छैनन् । यसअघि पनि एक नेपालीले यो भिषा प्राप्त गरेका थिए । तर उनी युएई मै कार्यरत हुन् । यता हालै गोल्डेन भिषा प्राप्त गर्ने सुमनले भने नेपालबाटै २ महिनाअघि अनलाइन एप्लाई गरेका थिए । त्यसैले उनी नेपालबाट एप्लाई गरेर यो भिषा प्राप्त गर्ने पहिलो नेपाली हुन् भन्न सकिन्छ ।

यो भिषा ‘असाधारण प्रतिभा’ भएका युएईका स्वदेशी तथा विदेशी नागरिकले स्थायी बसोबासको व्यवस्था सहित १० वर्षका लागी नविकरण गर्ने सुविधा सहित प्राप्त गर्न सक्छन् । गोल्डेन भिषाले डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता प्रतिभावान ब्यक्तिहरुलाई प्राथमिकता दिन्छ । सुमन फुयाल आईटी एक्स्पर्ट हुन् । आईटिमा प्रतिभावान फुयालले अनलाइन एप्लाइ गरेर भिषा स्वीकृत भएपछि स्वयं उपस्थित भएर समेत भेरिफाईड गर्नुपर्ने भएको हुनाले उनी यतिबेला युएई पुगेर गोल्डेन भिषा लिइसकेका छन् ।

सुनसरीको इटहरीमै रहेर करिब १० वर्षदेखी निरन्तर लागिपरेर आफ्नो आईटी करियरलाई अन्तर्राष्ट्रियकरणी गरेका उनी चर्चित अनलाईन प्लाटफर्म ‘विक्स’को पार्टनर समेत हुन् । नेपालबाट उनी यसका लागी एकमात्र पार्टनर हुन् । यस्तै उनले आईटी क्षेत्रबाटै वर्ल्ड रेकर्ड समेत राखेका छन् । उनले गुगल, माईक्रोसफ्ट लगायत १८ अन्य प्लाटफर्मबाट सर्टिफिकेट समेत प्राप्त गरिसकेका छन् । बलिउडका लोकप्रिय कलाकारहरूले झै नेपालका आईटी क्षेत्रका सुमनले गोल्डेन भिषा प्राप्त गरेसंगै नेपाली सेलेब्रेटी माझमा पनि यो भिषाको चर्चा र चासो सुरु भएको बुझ्न सकिन्छ ।

अगाडिकाे पाेस्ट

कन्फ्युज पार्ने ‘ह्रस्व दीर्घ’को क्यारेक्टर पोस्टर, निता ढुङ्गाना हनुमान कि रावण ?

अर्काे पाेस्ट

प्रदर्शनरत फिल्म ‘लण्डन टु पेरिस’को ‘हतारले’ गीत सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana