इटहरी/ पछिल्लो समय भारतिय टेलिभिजन गायन रियालिटी शो ‘सारेगमप’मा प्रतिष्पर्धी भएपछि चर्चाको शिखर चुमेकी गायिका मेनुका पौडेलले कृतिम आँखा लगाएकी छन् । उनको आँखा कृतिम आँखा लगाउने चर्चा सारेगमको मञ्चमा खुबै चर्चित बनेको थियो । अन्ततः गायिका मेनुकाले तिलगंगा आँखा अस्पतालमा कृत्रिम आँखा राखेकी छन् ।
उनले गएको बैशाखमा ‘कस्मेटिक प्रोथेस्टिक’ अर्थात कृतिम आँखा (आइबल) राखेकी हुन् । तर, उनले यतिबेला मात्रै उक्त कृतिम आँखा लगाएको देखिने तस्वीर सार्वजनिक गरेकी छन् । उक्त आँखाले देख्न त सक्दैन तर, पहिले हेर्दा ब्लाइन्ड जस्तो लाग्ने मेनुकालाई अपरेसन पछि आँखा देख्ने जस्तो देखिने उनको अनुभव छ ।
Discussion about this post