Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘गाउँ आएको बाटो’ प्रिमियरमा नेतादेखी कलाकारहरुले गरे फिल्मको तारिफ

✍ परिकला न्यूज
जेष्ठ २४, २०८१ मा प्रकाशित
‘गाउँ आएको बाटो’ प्रिमियरमा नेतादेखी कलाकारहरुले गरे फिल्मको तारिफ

इटहरी/ जेठ २५ अर्थात् शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा गाउँ आएको बाटो बुधबार कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमा हेर्न नेता, साहित्यकारदेखि सिनेमाकर्मी तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । सिनेमा हेरेपछि अधिकांशले नवीन सुब्बा निर्देशित सिनेमा गाउँ आएको बाटोले गाउँले जीवन र बाल्यकालमा फर्काएको प्रतिक्रिया दिए । गाउँमा विकाससँगै के–कस्ता परिवर्तन आउँछ । अनि त्यसको प्रभाव र असर कस्तो पर्छ भन्ने कुरा सुक्ष्म तरिकाले देखाइएको उपस्थित पाहुनाहरुले बताएका छन् ।

एमाले सांसद रघुजी पन्तले सिनेमा निकै राम्रो बनेको र यस्ता सिनेमाले विकाससँगै गाउँमा परेको प्रभाव र त्यहाँको संस्कृतिमाथी परेको असरलाई सुन्दर ढंगबाट देखाइएको बताए । पूर्व पर्यटन तथा संस्कृति मन्त्री सुदन किँरातीले आफु यही समुदायमा जन्मे हुर्केकाले पनि सिनेमाले छोएको बताए । नेपालमा यस्ता सिनेमा बन्न जरुरी भएको र विशेषगरी नवीन सुब्बा जस्ता निर्देशकले त आगामी दिनमा यस्ता विषयमा अझै धेरै सिनेमा निर्माण गर्न जरुरी रहेको बताए ।

निर्देशक निश्चल बस्नेतले नवीन सुब्बा जस्ता निर्देशकको सिनेमा हेर्न पाउनुका साथै निकै इन्जोय गरेको बताए । अभिनेत्री केकी अधिकारीले गाउँ आएको बाटो दयाहाङ दाईको करियरकै उत्कृष्ट सिनेमा भएको बताइन् । यता दयाहाङसँग डिग्री माइलामा काम गरेकी अभिनेत्री आँचल शर्माले दया दाई डिग्री माइलाको भन्दा फरक माइला पाउनुका साथै निकै फरक र क्यारेक्टरमा सुहाउँदो पाएको बताइन् ।

पूर्व मिसनेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सिनेमाले देखाएको बाबु र छोराको सम्बन्धको कथा निकै मन परेको बताइन् । यस्तै अर्की अभिनेत्री दीया मास्केले सिनेमा हेरेर निस्कँदा पनि गुजबम्ब आएको र बोल्नै नसक्ने अवस्थामा रहेको बताइन् । सिनेमाको कथावस्तु र कलाकारकारको कामले आफुलाई निकै छोएको उनको भनाई थियो ।

अभिनेता नाजिर हुसेनले गाउँ आएको बाटोमा दया दाईले जब बाँसको चोयालाई सक्लो बनाएर चित्रा बनाउनु हुन्छ नि त्यो चित्रा बनाउने एकदमै पाको बाँस भएको बताए । अभिनेत्री मिरुना मगरले बाबुआमामा सन्तानको माया कति हुन्छ भन्ने नजिकबाट महसुुस गर्न पाएको बताइन् । अर्की अभिनेत्री सृष्टि श्रेष्ठले पनि आफु गाउँमा नबसेको भएपनि अहिलेसम्म आइपुग्दा कामको माध्यमबाट विभिन्न ठाउँमा पुग्दाको अवस्थालाई सिनेमा हेरेर महसुस गरेको बताइन् ।

अभिनेत्री स्वस्तिमा खड्काले सिनेमा हेर्दा निकै मज्जा आएको बताइन् । एउटा गाउँमा विकाससँगै भित्रिने विभिन्न समस्या र त्यसले पार्ने प्रभावले भावुक बनाएको बताइन् । सिनेमाकी मुख्य अभिनेत्री पशुपति राईले पनि म आफ्नो सिनेमा हेरेर आफै रोएको बताइन् । सिनेमालाई नेपाली दर्शलले पनि निकै राम्रो प्रतिक्रिया दिएकाले शुक्रबारबाट नेपालबाट रिलिज हुँदा दर्शकलाई पनि मन पर्ने विश्वास व्यक्त गरिन् । अभिनेता दयाहाङ राई सिनेमालाई प्रिमियरमा साँच्चिकै गजबको प्रतिक्रिया पाइरहेका छौं । शुक्रबारबाट विशेषगरी दर्शकमाझ जाने भएकाले पनि नेपाली सिनेमाका सच्चा दर्शकबाट कस्तो प्रतिक्रिया मिल्ला भन्ने प्रतिक्षा रहेको सुनाए । विदेशी दर्शकले रुचाएकाले पनि सिनेमाले नेपाली दर्शकले पनि रुचाउने विश्वास उनलाई उत्तिकै रहेको छ ।

अगाडिकाे पाेस्ट

भिडियो पसलमा ‘प्रकाश’

अर्काे पाेस्ट

मनको कुरा मान्ने पक्षमा पुगे समिर सुबेदी र ऋचा थापा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana