इटहरी/ ‘याक्थुङ चलचित्रकर्मी संघ’ झापा जिल्ला कार्यसमितिले जिल्ला अधिवेशन सम्पन्न गरेको छ । सम्पन्न अधिवेशनले चन्द्र फोम्बो अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । यस्तै सचीवमा हिमाल लेछर्बोसंगै २ उपाध्यक्ष, सहसचीव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्य सहित ३३ सदस्यीय झापा जिल्ला समिती सर्वसम्मत निर्वाचित भएको हो । अधिवेशनले उपाध्यक्षमा मिना नेम्वाङ र संगीत आङ्खेवा, सह सचीवमा अप्सरा बोखिम, कोषाध्यक्षमा छत्रमाया वनेम र सह कोषाध्यक्षमा दुर्गा इङ्नामलाई चयन गरेको छ ।
संघको केन्द्रीय अध्यक्ष नवीन मेन्याङ्बोको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न अधिवेशनको व्यवस्थापन संयोजक वविन आङ्देम्बे रहेका थिए भने केन्द्रिय सचीव उदय सुब्बा कुरुङबाङले कार्यक्रम संचालन गरेका थिए ।
झापा जिल्लामा अवस्थित आँखीझ्याल रेष्टुरेण्ट एण्ड थकाली भान्छा घरमा आयोजना भएको अधिवेशनमा केन्द्रिय कोषाध्यक्ष तेज मेन्याङ्बो, सहकोषाध्यक्ष पवि तेम्बेसंगै सदस्यहरु दिलिप फोरुम्बो, नुमा नेयोइं, तिर्थराज लिम्बु, सानुराजा थेगिम लिम्बु लगायत अतिथिको रुपमा उपस्थित भएका थिए । झापामा रहेर कलाकारिता क्षेत्रमा लागिरहेका दर्जनौंको उपस्थिति रहेको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष नविन मेन्याङ्बोले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
Discussion about this post