इटहरी/ १६ वर्षअघि स्वर्गीय आलोक नेम्वाङले निर्माण गरेको फिल्म ‘सानो संसार’ पुनः निर्माण हुने भएको छ । पुनः निर्माण हुने सानो संसार फिल्ममा सबै कलाकारहरुदेखी निर्देशकले सम्म नेपाली फिल्म उधोगमा डेब्यु गर्दैछन् । अर्जुन कुमारको लगानी रहने फिल्मको शुक्रबार कमलादी गणेश मन्दीरमा शुभमुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । फिल्मकी मुख्य कलाकार सीतादेवी तिमल्सिनाले मुहूर्त सट दिएकी थिइन् ।
उनी ‘माग्ने बुढा’ उपनामले चर्चित कलाकार केदार घिमिरेकी धर्मपत्नी हुन् । सितादेवी कलाकार नै भएपनि फिल्ममा भने उनले यहि ‘सानो संसारबाटै डेब्यु गर्दैछिन् । फिल्ममा उनको अलावा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल र शिशिर सिवाकोटीको पनि अभिनय रहने छ । यी सबै कलाकारहरूले पनि यहि फिल्मबाट डेब्यु गर्दैछन् ।
अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्राली प्रोडक्सनको व्यानरमा निर्माण हुने यो फिल्मका निर्देशक सिद्धार्थ पुडासैनीले पनि यही फिल्मबाट लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । ३० दिनको छायांकन सेड्युल रहेको फिल्मको यहि जेठबाट काठमाडौ, धादिङ र नुवाकोटमा छायांकन गरिने निर्माण पक्षको भनाइ छ । फिल्मको शुभमुहुर्तसंगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यो फिल्म दशैँको घटस्थापना अर्थात आगामी असोज १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छ ।
Discussion about this post