Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘चुनौतीका बाबजुद धेरै प्रोजेक्टमध्ये मैले फर्की फर्की नै छाने’: अनमोल केसी

✍ परिकला न्यूज
जेष्ठ १, २०८१ मा प्रकाशित
‘चुनौतीका बाबजुद धेरै प्रोजेक्टमध्ये मैले फर्की फर्की नै छाने’: अनमोल केसी

इटहरी/ अभिनेता अनमोल केसी यतिबेला आगामी जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’ को प्रमोसनमा व्यस्त छन् । दर्शकमाझ रोमान्टिक हिरोको छवि बनाएका अनमोल त्यही छविलाई लिएर दर्शकमाझ आउँदैछन् । अनमोल ‘फर्की फर्की’ प्रति आशावादी छन् । झण्डै एक वर्षपछि दर्शकमाझ आउन लागेका उनी दर्शकको माया पाउनेमा आफू विश्वस्त छन् । ‘कलाकारको दायित्व भनेको फिल्म रिलिज नहुन्जेलसम्म मेहनत गर्ने हो, फिल्म चलेपछि कस्तो होला वा नहोला भन्ने आशा राख्नु दर्शकको हातको कुरा हो’, उनी भन्छन् ।

मेहनत अनुसारको फल पाइने वा नपाइने त्यो सबै दर्शकको हातमा हुने उनको बुझाई छ । ‘हामीले जति मेहनत गरे पनि कहिलेकाँही मेहनतको फल पाइन्छ, कहिले पाइँदैन पनि । म अहिलेसम्म मेरा फिल्म सुपरहिट हुँदा न धेरै मात्तिएको छु, न त आत्तिएको नै’, अनमोल भन्छन् । अनमोलको अनुभवमा उनका लागि ‘फर्की फर्की’ मानसिक रुपमा चुनौतिपूर्ण नै थियो । किनकी उनले गत वर्ष मानसिक रुपमा कमजोर पनि थिए । ‘मेरो शक्तिलाई पुनः बाहिर ल्याउनका लागि मानसिक दबाबका बाबजुद पनि फर्की फर्कीमा काम गर्नु ठूलो चुनौती थियो । त्यहीकारण धेरै प्रोजेक्टमध्ये मैले फर्की फर्की नै छानें’ उनी भन्छन् ।

फिल्मको ट्रेलरमा अनमोलले आफूलाई ‘भगवान’ भनेको देखाइएको छ । उनले फिल्मको संवादमा आफू भगवान भने पनि आफूलाई चाहिँ भगवान नमान्ने गरेको बताए । ‘जो मान्छेले समयलाई नियन्त्रण गर्न र अघिपछिको जीवनलाई परितर्वन गर्न सक्छ, त्यो सन्दर्भमा आफूले आफूलाई जहिल्यै पनि भगवान महशुस गर्ने हो । यो रामायण वा महाभारतको जस्तो भगवान जस्तो होइन । फिल्मको पात्रले ऊ भगवान हो भन्ने चिजमा विश्वास गर्छ’, अनमोल भन्छन्, ‘जब कसैलाई आफूलाई महान अनुभव हुन्छ कि यो दुनियाँ नै मेरो कब्जामा छ । उसले जब मैले जे गरे पनि सही हो, म गलत हुन सक्दैन अनुभव गर्छ, तब नै आफूले आफूलाई भगवानको महशुस गर्छ । फिल्मको स्क्रिप्टमा भगवान भन्ने कुरा आए पनि फिल्ममा म्याडीको समयमा उसको संघर्षदेखि उसको गलत समय, सही समय, परिवारसँग र साथीभाईसँगको सम्बन्धको कुरा देखाइएको छ । फिल्मले मास अडियन्सले नै रिलेट गर्न सक्छ ।’

अनमोल दर्शकले आफूलाई अघिल्ला फिल्ममा भन्दा ‘फर्की फर्की’मा केही फरक रुपमा देख्न पाउने बताउँछन् । ‘जुन बेला अभिनयको ‘अ’ पनि थाहा थिएन, त्यो समयमा मैले ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ मा अभिनय गरें । यी फिल्मलाई दर्शकले मनपराउनुभयो । अहिले कलाकारका रुपमा समय, अनुभव र दक्षताले पनि धेरै कुरा सिक्ने मौका पाएको छु । यी फिल्ममा भन्दा ‘फर्की फर्की’मा अझ बेटर एक्टर देख्न सक्नुहुनेछ । प्रेमकथा मनपराउनेलाई ‘फर्की फर्कीमा प्रेमकथा नै छ । मेरो प्रेमकथा हेरेर दिक्क लागेका दर्शकलाई ट्राभलको कथा पनि छ’, उनी भन्छन् ।

आफूलाई अरुले आलोचना गर्दा त्यो आलोचनामा अनमोलको बुझाई फरक रहेछ । ‘बाहिरको भुस्याहा कुकुरले टोकेको भन्दा घरभित्र आफूले पालेको कुकुरले टोक्दा झन मन दुख्छ । त्यही भएर बाहिरको मान्छेले कुरा काट्दा मलाई खासै फरक पर्दैन । तर मेरो घर, परिवार, साथीहरुले विश्वास गरेनन् भने चाहिँ मन दुख्छ । बाहिरको आलोचनाले खासै फरक पार्दैन,’ उनी भन्छन् ।

अभिनेत्री जसिता गुरुङसँग अनमोल पहिलोपटक यो फिल्ममा स्क्रिन शेयर गर्दैछन् । उनका लागि जसितासँगको सहकार्य सहयोग रहेछ । दर्शकले राम्रो जोडीका रुपमा आफूहरुलाई चित्रण गरेको अनमोलको बुझाई रहेछ । फिल्मका निर्देशक सुयोग गुरुङसँग उनको सहकार्य अनुभव राम्रो रहेछ । आफ्ना सुरुदेखिको फिल्म नयाँ निर्देशकसँगको सहकार्यले सुपरहिट भएकाले ‘फर्की फर्की’मा पनि त्यो आशा अनमोलमा जीवित नै रहेछ । ‘नयाँ निर्देशकसँगको कामले नयाँ कुरा दिन सकिन्छ । नयाँ निर्देशकको फिल्ममा मार्क हुन सकियो भने आफ्ना लागि पनि फाइदाको कुरा हो । अहिलेको कन्टेन्ट नयाँ पुस्तासँग अनुुकुल भएकाले पनि फिल्मप्रति आशावादी छु’, उनी भन्छन् ।

अनमोलले अहिलेसम्म फिल्ममा गाउँले चरित्रमा अभिनय गरेका छैनन् । जति पनि अभिनय गरेका छन्, सबै सहरीया चरित्रमा नै छन् । ‘मलाई गाउँले चरित्रको अफर आए पनि मैले कलाकारको रुपमा त्यो चिज निर्वाह गर्न सक्छु कि सक्दिनँ भन्ने प्रश्न हो । आयो भने पनि समाज, खानपिन, बसाई, संस्कृति बुझेर गर्न सक्छु । तर आउनासाथ हुन्छ भन्दिनँ । जुन दिन त्यो चिजको ज्ञान ममा आउँछ त्यो दिन म गाउँले चरित्र गर्छु । अहिलेसम्म मैले जस्तो किसिमको योजनाहरु बनाइरहेको छु, त्यो अहिले नै आइपुगेको छैन’, उनी खुल्छन् ।

अगाडिकाे पाेस्ट

प्रविणले इन्डोनेसियाको ‘क्लासी मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्दै

अर्काे पाेस्ट

श्रावण १८ गतेदेखी फिल्म ‘मोदिबेनी’ सार्वजनिक प्रदर्सनमा आउने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana