इटहरी/ निजि क्षेत्रबाट निर्माण भएको नेपाली सिनेमा उधोगको पहिलो सुपरहिट फिल्म ‘माईतिघर’ का प्रमुख अभिनेता सिपि लोहनीको निधन भएको छ । सोमबार १ः३० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको हो । उनको निधनले सिंगो नेपाली चलचित्र क्षेत्र स्तब्ध भएको छ भने यो क्षेत्रले एउटा तारा गुमाएको छ । ८६ वर्षका उनको पूरा नाम चिदम्बरमप्रसाद लोहनी हो ।
लामो समय देखि अल्जाइमर रोगबाट पीडित भएका उनले अभिनय मात्रै गरेनन् आफुलाई एक कुशल गायकको रुपमा समेत परिचीत गराएका थिए । उनको पछिल्लो गीत ‘पुनरागमन’ हो । अहिले उनको निधनपछी सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनले हिन्दी तथा बाङ्गाली फिल्मकी चर्चित अभिनेत्री माहा सिन्हासंग विवाह गरि एक छोरा छन् ।
फरक फरक धर्मको परिवार भएका कारण सिपि र मालाले ३ चोटीसम्म विवाह गरेका थिए । मालाकी आमा नेपाली भएका कारण र सिपि नेपाली भएका कारण हिन्दु परम्परा अनुसार एकपटक, यस्तै मालाकी बुवा इसाई भएका कारण अर्कोपटक इसाई परम्परा अनुसार विवाह गरेका थिए भने अन्तिममा अदालती विवाह पनि गरे । मालाले फिल्म ‘माईतिघर’मा सिपिको अपोजिटमा अभिनय गरेकी थिइन् ।
Discussion about this post