Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशले सम्पन्न गर्यो ‘सिने समस्या र समाधान’ अन्तक्रिया

✍ सुवास संकल्प
बैशाख ५, २०८१ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशले सम्पन्न गर्यो ‘सिने समस्या र समाधान’ अन्तक्रिया

इटहरी/ कोशी प्रदेशका कलाकारहरूसंग ‘सिने समस्या र समाधान’ नामक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश समितीले आयोजना गरेको थियो । बैशाख ३ गते नयाँ वर्ष २०८१ सालको अवसर तथा विश्व कला दिवसको उपलक्ष्यमा आयोजना भएको उक्त अन्तक्रिया कार्यक्रमको सह-आयोजकको रुपमा चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखा रहेको थियो । विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथी चलचित्र पत्रकार संघ नेपालका संयोजक तथा केन्द्रिय सदस्य नरेन्द्र बस्नेत विशेष अतिथी रहेका थिए ।

अन्तक्रिया कार्यक्रममा वक्ताको रुपमा अभिनेता प्रेम सुब्बा, हल संचालक कुबेर शर्मा, गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल, फिल्म निर्देशक केशव रायमाझी र टिप्पणीकर्ताको रुपमा फिल्म निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भिषण राई रहेका थिए भने सहजकर्तामा आयोजक संस्थाका सचीव सुवास संकल्प श्रेष्ठ रहेका थिए । अन्तक्रिया कार्यक्रम पश्चात् गायक सुमित खड्का, गायिका गंगा गौतम, अन्जु गौतमले आफ्नो लोकप्रिय गायन प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा वक्ताको रुपमा रहेका गायक तथा कलाकार लुइँटेलले चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश, मोरङ शाखा र सुनसरी शाखाका चलचित्र पत्रकारहरू माझ पछिल्लो समय उनको लोकप्रिय गीत ‘गार्हो छ हौ मलाइ’ प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । विराटनगरको ताण्डव रेस्ट्रो एण्ड बारमा आयोजना भएको कार्यक्रमलाई वाइवाई नुडल्सले ब्राण्डिङमा सहयोग गरेको थियो । यस्तै कार्यक्रमको सहयोगीको रुपमा फिल्म बलिदान, सुगुप, पुजार सार्की, अञ्जीला, घरज्वाई, रिजन होटल एण्ड म्युजिक क्याफे, सौन्दर्य प्रतियोगिता फेस अफ नेपाल, राष्ट्रिय पोशाक घर, हिमालय टाकिज बिराटनगर, सेन्ट्रल मल्टिप्लेक्स, सिटि सिनेमा, सिने द्वार, क्विएफएक्स बिराटनगर रहेको थियो ।

आयोजक संस्थाका सह-सचीव बिकल श्रेष्ठले संचालन गरेको कार्यक्रममा पहिलो थारु नायक तथा म्याजिक हल रामधुनी झुम्काका संचालक पर्शुराम चौधरी, मैथिली चलचित्रकर्मी संघ अध्यक्ष सन्तोष सरकार, राजबंशी चलचित्रकर्मी संघ अध्यक्ष प्रवलदीप बिश्वास, फिल्म निर्माता तथा निर्देशक कोशी भिजन फिल्म्स प्रालीका संचालक लाखमान योन्जन तामाङ, थारुचलचित्र तथा सांस्कृतिक संघ मोरङका अध्यक्ष कृष्ण दोषी, कलाकार कल्पना पाण्डे आचार्य, महिला व्यवसायी तथा कलाकार राधा आचार्य, निर्देशक राजु चौधरी, नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मिन कुमार नवोदित लगायतका कलाकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पछिल्लो समय कोशी प्रदेशमा फिल्म छायांकन तथा प्रचारप्रसारका लागी काठमाडौका फिल्मकर्मीहरु पनि तानिने क्रम बढ्दो छ । त्यसैले यहाँका सिनेमा र संगीत क्षेत्रमा भएका समस्या र समाधानको बाटो यहीँका चलचित्रकर्मी, हल व्यवसायी र सङितकर्मी माझको छलफलबाट खोज्ने प्रयास स्वरुप यो कार्यक्रमको आयोजना भएकोमा राम्रो कार्यको थालनी भन्दै उपस्थित फिल्मकर्मीहरुको भनाई थियो ।

अगाडिकाे पाेस्ट

सुनिलको ‘कालिगड’मा बोल्ड बेनिशा हमाल

अर्काे पाेस्ट

लोकप्रिय गायिका एलिना चौहानले प्रेमी विष्णुसंग कसिन् लगनगाँठो

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana