Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दिपकले सार्वजनिक गरे करोड भ्युज पुगेका ६ वटा फिल्मी गीतको संग्रह

✍ परिकला न्यूज
जेष्ठ ८, २०८० मा प्रकाशित
दिपकले सार्वजनिक गरे करोड भ्युज पुगेका ६ वटा फिल्मी गीतको संग्रह

इटहरी/ संगीतकार दीपक शर्माले आफ्नो संगीतमा एक करोड भन्दा माथि भ्युज पाएका चलचित्र गीतहरुको सँग्रह ‘दीपक शर्माका करोड क्लब चलचित्र गीतहरु’ सार्वजनिक गरेका छन् । आईतबार काठमाडौंमा एक समारोहबीच बरिष्ट गीतकारहरु राजेन्द्र थापा, शान्तिप्रिय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटा, संगीतकार नरहरि प्रेमी, गीतकार डब्बु क्षत्री र संगीतकार दीपक आफैंले यो गीतिसँग्रहको बिमोचन गरे । दीपक शर्माले संगीत गरेका ६ वटा चलचित्रका एक करोड भन्दा बढी भ्युज भएका ६ वटै गीतहरु यो सँग्रहमा छन् ।

जसमा चलचित्र छक्का पञ्जाको शन्तिप्रियको शब्द तथा कृष्ण काफ्ले र दीपाश्री निरौलाको स्वरको ‘देखन चम्पा’, चलचित्र छक्का पञ्जा ३ को राजेन्द्र थापाको शब्द तथा डेभिड शँकर र बिन्दू परियारको स्वरको ‘पहिलो नम्बरमा’, छक्का पञ्जा ४ को राजेन्द्र थापाको शब्द तथा डेभिड शँकर र सहिमा श्रेष्ठको स्वरको ‘दर्शन सलाम’, चलचित्र मँगलमको दीपककै शब्द तथा बिन्दू परियार र कृष्ण काफ्लेको स्वर रहेको ‘पर्ख पर्ख मायाँलु’, चलचित्र हवल्दार सुन्तलीको लेखु सहयात्रीको शब्द तथा सहिमा श्रेष्ठको स्वरको ‘चि मुसी ची’ गीतहरु रहेका छन् ।

कार्यक्रममा बोल्दै संगीतकार दीपक शर्माले भने,‘मैले चलचित्र तेजावबाट चलचित्र संगीत सुरु गरेको हुँ । दर्शक श्रोताको मायाँले यहाँसम्म आईपुग्दा ६ वटा गीतले एक करोड देखि ३ करोड भन्दा बढी भ्युज पाएका छन् । यिनै करोड क्लबमा पुगेका गीतहरुको सँग्रहलाई आज सार्वजनिक गरेका हुँ ।’ आफ्ना अन्य चलचित्रका आधा दर्जन गीतहरु पनि अहिले करोड भ्युजको नजिक पुगेको र ती गीतहरु केही महिनामै करोड भन्दा बढी भ्युज पुग्ने पनि उनले बताए । दीपकका चलचित्रका ६ वटा गीत मध्य आफुले लेखेको दुई वटा गीतले दुई देखि तीन करोड भ्युज पाएको भन्दै बरिष्ट गीतकार राजेन्द्र थापाले हरेक प्रकारको गीतलाई आफ्नो फरक शैली दिनसक्नु दीपक शर्माको बिशेषता भएको बताए । आगामी दिनमा पनि आफु र दीपकको सहकार्यमा थुप्रै गीत आउने उनले जनाए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य एवम् संगीतकार चेतन सापकोटाले दीपक शर्मालाई धेरै गीतमा करोड भ्युजको लागि शुभकामना दिँदै भने,‘दर्शकको यति धेरै मायाँ पाएका दीपकजीले अब आफ्ना यी हिट गीतले कहाँ कती रोयल्टी कमायो भनेर पनि खोजी गर्नु पर्छ । उहाँका दर्जनौ हिट गीतबाट अरु धेरै धनी भएका छन र अब उहाँले आफ्नो अधिकार खोज्नु पर्छ ।’ संगीत यात्राको डेढ दशकमा यति धेरै हिट गीत दिनुले दिपक शर्मा फरक प्रकारको संगीत गर्न सक्ने श्रष्टा हुन भन्ने कुरा प्रष्टिएका दीपककै गुरु तथा संगीतकार नरहरि प्रेमीले कार्यक्रममा बताए । देखन चम्पाका गीतकार शान्तिप्रियले यो गीतले चलचित्र छक्का पञ्जाको स्कृप्ट देखि लवज नै परिवर्तन गरिदिएको अनुभव सुनाए । दीपकसँगको सहकार्यमा आफ्नो गीत पनि करोड भ्युजमा पुगेका खुसी व्यक्त गर्दै उनले आगामी दिनमा यस्ता करोड भ्युज गीतका लागि दीपकलाई शुभकामना दिए ।

अगाडिकाे पाेस्ट

पहिलो सिजन नसकिदै ‘र्याप स्टार’ दोश्रो सिजन घोषणा

अर्काे पाेस्ट

रेडियन्ट इभेन्टले छान्यो एकसाथ ६ विजेता

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana