इटहरी/ इटहरीमै निर्माण भएको ग्याङस्टार फिल्म ‘गाढा १७’ को इलाईट सिनेमा हल इटहरीमा विशेष शो गरिएको छ । चैत २४ गते शनिबार दिनको १२ बजे र ३ बजे प्रदर्शन गरिएको फिल्म हेर्न दर्शकहरुको बाक्लो उपस्थिति थियो । एक्सन जनरामा निर्माण गरिएको फिल्ममा ग्याङ्स्टारहरुको ग्याङ फाइटले बाहुल्यता पाएको छ ।
स्थानिय स्तरमै रहेर यहिको कथा, जनशक्ति, कलाकार तथा श्रोतसाधन प्रयोग गरेर फिल्मलाई धेरै मेहनत गरेर निर्माण गरिएको फिल्मका निर्माता आश्रित चापागाईंले बताए । ग्याङ्स्टार फिल्म निर्माण गर्नु निकै चुनौतीको कुरा हो । त्यो पनि स्थानिय श्रोत र साधनका साथ यहिकै कलाकारहरुलाई समेट्दै यत्त्तिको फिल्म बनाउनु निकै ठूलो कुरा हो ।
एड्रीमर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘गाढा १७’ मा ८ लाख बढिको लगानी लागिसकेको फिल्मका कार्यकारी निर्माता मनिराज राईले जानकारी गराए ।फिल्मको प्रायः जसो छायांकन इटहरी र आसपासमै गरिएको हो । हेर्नुस् यो समाचार संग सम्बन्धित भिडियो
यो फिल्ममा प्रमुख सहायक निर्देशकको रुपमा डेभिड बस्नेत रहेका छन् भने सहायक निर्देशकमा डेभिड बिस्ट, रियर राई, प्रबेश न्यौपाने र सनम याक्खा रहेका छन् । ‘गाढा १७’लाई इशुहङ राई तथा उनको टिमले छायांकन गरेका हुन् । फिल्ममा लेखक तथा निर्देशक रिहानसंगै कृष्ण गुरुङ, रियर राई, प्रज्वल दुलाल, डेभिड बिस्ट लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्म हेरेका दर्शकहरुको प्रतिक्रिया यस्तो छ ।
Discussion about this post