Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

इटहरीको इन्डोर स्टुडियोमा ‘बलिदान’, ४० फिटको दुर्गा मुर्तीसहित हजारौं मान्छेका बिच ५ सय जनाको एक्सन दृष्य

✍ सुवास संकल्प
चैत्र २५, २०८० मा प्रकाशित
इटहरीको इन्डोर स्टुडियोमा ‘बलिदान’, ४० फिटको दुर्गा मुर्तीसहित हजारौं मान्छेका बिच ५ सय जनाको एक्सन दृष्य

इटहरी/ आसुसेन फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने तयारिमा रहेको प्रतिक्षित फिल्म ‘बलिदान’ को छायांकन यसपटक कोशी प्रदेशमा हुने भएको छ । स्मरण रहोस् यसअघि विसं २०५४ सालमा प्रदर्शन भएको ‘बलिदान’ फिल्म पनि कोशी प्रदेशको धरान र इनरुवामा अधिकांश दृष्यहरु छायांकन भएको थियो । अहिलेको बलिदान पनि यतै हुने पक्कापक्की भएपछी एउटा संयोग जुरेको छ । फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेन, सहायक निर्माता तथा कलाकार प्रेम पुरी लगायतको टिम २ दिनदेखी इटहरी, बिराटनगर लगायतका ठाउँमा लोकेसन हेर्न लागिपरेका छन् ।

लोकेसन हेर्ने र फाईनल गर्ने क्रममा ‘बलिदान’ को छायांकन इटहरीमा अवस्थित नेपालकै ठूलो भनिएको इन्डोर स्टुडियो ‘बिएमसी स्टुडियो’ फाईनल भएको छ । यो स्टुडियोमा फिल्मको ४५ प्रतिशत छायांकन हुने निर्माता तथा निर्देशक सेनले परिकला न्युजलाई जानकारी गराए । स्टुडियो फाईनल भएसंगै सेट डिजाइनको काम पनि सुरु भएको छ । ‘बिएमसी स्टुडियो’ भर्खरै निर्माण भएको हो । यो स्टुडियो बलिदानको छायांकन संगसंगै सुभारम्भ हुनेछ । सेनका अनुसार यत्तीको इन्डोर स्टुडियो नेपालमा छैन । उनी भन्छन् ‘अबका दिनमा यहि स्टुडियोका कारण इटहरी फिल्म छायांकनका लागी हब बन्न सक्छ’ ।

२ ओटा भब्य स्टुडियो ३० कट्ठा जग्गामा निर्माण भएको छ भने एक स्टुडियोलाई ‘फाइभ एफएक्स’ नाम दिइएको छ जुन स्टुडियोको चौडाइ ४० फिट, लम्बाइ ८० फिट र उचाइ ४० फिटको रहेको छ । यो स्टुडियोमा विशेषगरि क्रोमामा छायांकन गर्ने, भिएफएक्स गर्ने र वाटर फल्स लगायतको छायांकन गर्ने नेपालकै ठूलो स्टुडियोको रुपमा रहेको छ । यस्तै ‘सेभेन एफएक्स’ नाम दिइएको अर्को स्टुडियोको ४० फिट चौडाइ, ४० फिट हाइट र १६० फिट लम्बाइ रहेको छ । यत्तिको ठूलो स्टुडियो ‘वलिदान’ छायांकनको लागी पाँउदा निर्माता तथा निर्देशक सेन दङ्ग छन् ।

यस्तै इन्डोर छायांकनको लागी यो स्टुडियो फाईनल भएसंगै इटहरी आसपास आउडडोर ४/५ ओटा लोकेसन पनि फाईनल भैसकेको सेनले बताए । फिल्म निर्माण युनिटले बिराटनगरको मेडिकल कलेजको पछाडी रहेको खाली जग्गामा पनि भब्य सेट लगाएर ‘बलिदान’को छायांकन गरिने पक्का भएको छ । जहाँ ४० फिटको दुर्गा माताको मुर्ती लगाएर हजारौं मान्छे उतारिने छ भने त्यहाँ ५०० जनाको एक्सनको दृष्य खिचिने छ । यसअघि फिल्मको छायांकन भएको प्री-टिजरले पनि धेरैको ध्यान ‘बलिदान’ तिर तानिएको छ । पछिल्लो समय फिल्ममा एक्सन स्टार बिराज भट्टका छोरा समीर भट्टको इन्ट्री र उनको क्यारेक्टर लुक्सले त झनै फिल्मलाई प्रतिक्षित बनाएको छ । दर्शन जिले लेखेको फिल्म बलिदानमा केहि दिनअघि प्रमुख अभिनेत्रीको रुपमा ऋचा शर्मा अनुबन्धित भएकी छन् । फिल्मका लागी चाहिने अन्य प्रमुख तथा सहायक पात्रहरुको खोजी भैरहेको निर्माण युनिटको भनाइ छ ।

अगाडिकाे पाेस्ट

राधा र कृष्णको अवतारमा देखिए मोडल मेनुका माझी र दिनेश कोइराला

अर्काे पाेस्ट

मुस्ताङमा रोमान्टिक देखिए प्रभातपल र सोफी

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana