इटहरी/ नेपाल आईडल दोश्रो संस्करणका बिजेता गायक रवि ओड विरुद्ध वैवाहिक बलात्कारको मुद्दा परेको छ । ओडलाई उनकै श्रीमतीले जाहेरी दिएकी हुन् ।
आफुमाथी वैवाहिक बलात्कार गरेको भन्दै ओडकी श्रीमतीले गएको २० गते जिल्ला प्रहरी कार्यालय कंचनपुरमा जाहेरी दिएकि हुन् ।
ओडलाई पक्राउ गरि अनुसन्धान गर्न पक्राउ पुर्जी समेत जारी भएको कञ्चनपुर प्रहरी प्रवक्ता पुष्कर पन्तको भनाई छ ।
Discussion about this post