Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘कोरोनामा बिदेश बस्दा द रेड सुटकेशको कथा फुर्यो’-निर्देशक फिडेल देवकोटा

✍ परिकला न्यूज
चैत्र २०, २०८० मा प्रकाशित
‘कोरोनामा बिदेश बस्दा द रेड सुटकेशको कथा फुर्यो’-निर्देशक फिडेल देवकोटा

इटहरी/ नेपाली चलचित्र ‘द रेड सुटकेस’ नयाँ वर्ष २०८१ को अबसरमा पारेर यही ३० चैतमा रिलिज हुँदैछ । यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । जर्नमीबाट चलचित्रमा विधावारिधी गरेका फिडेलको यो डेब्यु फिचर चलचित्र निर्देशन हो । करिब डेढ दशकदेखि उनी जर्नमीमा बस्दै आएका छन् । तथापि नेपाली समाजको अध्ययन अनुसन्धान गर्न र परिवारलाई भेट्न उनी हरेक वर्ष नेपाल आउँछन् । केही महिना यहाँ बसेर उनी फेरी बिदेशिने गर्छन । यसरी नेपाल र बिदेश आवज जावतका क्रममा यात्रामा यी निर्देशकले धेरैलाई भेटे । उनीहरुको कथा सुने । नेपाल आएर यहाँको समाज बारे अनुसन्धान गर्ने क्रममा नेपाली समाजलाई अझ राम्ररी बुझ्ने अबसर पाए ।

यसै क्रममा सन २०१९ मा विश्वव्यापी रुपमा कोरोनाका महामारी फैलँदा उनी जर्मनीमै थिए । त्यतिबेला लामो समयसम्म कोठामा बस्नु पर्दा आफु त्यही कोठामा मरेँ भने आफ्नो शबको के हालत होला भन्ने कुरा उनले सोच्न थाले । यसरी कोरोनाकालमा कोठामा बासेर सोच्दा सोच्दै उनलाई चलचित्र द रेड सुटकेशको कथा फुरेको रहेछ । यो चलचित्रलाई उनी भुईं मान्छेहरुको बर्तमान दस्तावेज भन्छन् । चलचित्र द रेड सुटेकश नै निर्माण गर्नुको कारणबारे यी निर्देशकले भने,‘हाम्रा नेताहरु बिदेशबाट कती रेमिट्यान्से भित्राउने भनेर बिदेश गाएका युवा नेपालीहरुको टाउको मात्र गनेर बसिरहेको छन् । देशमा रोजगार नभएर बिदेश जानु पर्ने ती युवाहरुको बाध्यताले नै यो चलचित्रको कथा जन्माएको हो ।’ उनले भने,‘धेरै पटक बिदेश यात्रा गर्दा मैले आफ्नो नाम समेत लेख्न नजान्ने नेपालीहरुलाई जहाजमा भेटें । यात्राको क्रममा उनीहरुको कथा सुन्दै जाँदा मलाई तीे कथाहरुलाई दृष्यमा उतार्नु पर्छ भन्ने लाग्यो र चलचित्र द रेड सुटकेश नै तयार गरेँ ।’

यो चलचित्रमा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ, प्रविण खतिवडालगायतको मुख्य भूमिका रहेको छ । चलचित्रको नाम द रेड सुटकेश राख्नुको कारण पनि त्यत्तिकै रोचक रहेछ । सुरुमा त फिडेलले यो चलचित्रको नाम नेपालीमा राख्न चाहेका रहेछन् । तर रेड सुटकेशको नेपाली अर्थ रातो बाक्सो हुने भएकाले यो नाम चलचित्रका लागि उपयुक्त नदेखेर रेड सुटकेश नै राखिएको पनि उनले प्रस्ट्याए । यो चलचित्रलाई सिन्धुली र काठमाडौंमा छायाँकन गरिएको रहेछ । चलचित्रको कथाबारे निर्देशक फिडेलले भने,‘नेपालीहरु बैदेशिक रोजगारमा जाने बढ्दो आप्रवासी परम्परा र त्यसले अबको समाजलाई कता लैजान्छ भन्ने कुरालाई हामीले यसको कथा बनाएका छौं । चलचित्रको कथा यस्तो छ भन्नु भन्दा पनि द रेड सुटकेश हेरेपछि यो त हाम्रो वरपरको कथा हो भनेर दर्शकहरुले भन्नु हुनेछ ।’

अहिलेको आम व्यबसायिक फर्मुलामा बनेका चलचित्र भन्दा केही फरक रुपमा द रेड सुुटकेश आफुले निर्माण गरेको पनि निर्देशक फिडेलले जिकिर गरे । अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा महत्वका साथ प्रदर्शन भईसकेको यो चलचित्रलाई हेरेर दर्शकहरुले फरक फरक धारणा बनाउने फिडेलको विश्वास छ,‘जसरी एउटा पेन्टिङ हेरेपछि व्यक्ति अनुसार फरक फरक धारणा बनाउँछन् । यस्तै हाम्रो यो चलचित्र हेरेपछि पनि दर्शकले आ आफ्नो धारणा बनाउनु हुनेछ ।’ यसले अहिलेका सिनेमा हेरेका दर्शकलाई फरक स्वाद दिने भनाई पनि यी निर्देशकको छ,‘मेरो चलचित्र एकदमै फरक र साह्रो राम्रो छ भनेर म दाबी गर्दिन । तर हेरेपछि यहाँहरुले केही फरक सिनेमा हेरेको प्रतिक्रिया पक्कै दिनु हुनेछ ।’

गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको यो चलिचत्रले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो ।
त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको पनि निर्देशक फिडेल देवकोटाले बताए । उनका अनुसार स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा उनलाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो । फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको थियो । केही फरक शैलीको भएकै कारण यसरी विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सबमा अवार्ड जितेको पनि उनले बताए ।

अगाडिकाे पाेस्ट

फिल्म ‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक

अर्काे पाेस्ट

लोकप्रिय कलाकार रियाशा दाहालले प्राप्त गरिन् ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana