इटहरी/ फिल्म ‘खजुरे ब्रो’ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । काठमाडौमा एक कार्यक्रम गर्दै सिनेमाले ‘लभ गर्ने मान्छे’ बोलको गीत सार्वजनिक गरेको हो । भट्टीको सेटिङमा गीतको भिडियो तयार पारिएको छ । भिडियोमा सिनेमाका प्रमुख पात्र ‘खजुरे’ बनेका रियर राई तथा महेश त्रिपाठीका साथमा अन्य कलाकारहरु फिचर छन् । सार्वजनिक गीतमा अनमोल गुरुङको शब्द तथा संगीत रहेको छ । यस्तै गीतमा संगीतकार अनमोल र अनुपम गुरुङसँगको संयूक्त स्वर रहेको छ ।
वैशाख २८ गते रिलिज हुने सिनेमाका लेखक-निर्देशक सुरज सुनुवार हुन् । यही सिनेमाबाट नीतिले नेपाली रजतपटमा डेब्यू गर्दैछिन् । सिनेमामा नीति, रेयर तथा महेशका अलावा नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राई (कान्छी) लगायतको अभिनय रहेको छ । हेर्नुस् भिडियो ।
दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । अनिल मानन्धर र पिकेश मानन्धर यसका सहनिर्माता हुन् भने डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेका छन् । ‘खजुरे ब्रो’मा शिशिर विशंखेको छायाँकन तथा मित्र डि गुरुङको सम्पादन रहेको छ । अनमोल गुरुङ सिनेमाका संगीतकार हुन् । सिनेमालाई रोहित तथा रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ ।
Discussion about this post