इटहरी/ ‘याक्थुङ चलचित्रकर्मी संघ नेपाल’ केन्द्रीय कार्यसमिति धरानले आयोजना गरेको ‘फिल्म मेकिङ तथा एक्टिङ वर्कसप’को समापन गरेको छ । आज शनिबार धरानमा अवस्थित मेन्याङ्बो कल्याणकारीको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै वर्कसपको समापन गरिएको हो । चैत्र ११ गतेबाट सुरु गरिएको वर्कसप आज चैत्र १७ गतेसम्म आयोजना भएको थियो । समापन कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष नरेश इवारम प्रमुख अतिथिको रुपमा रहेका थिए ।
वर्कसपमा चलचित्र निर्माण गर्दा आवस्यक पर्ने कथा पटकथा तथा स्कृप्ट लेखन, निर्देशन, छायांकन तथा अभिनय गर्दा के के कुराहरुमा ध्यान दिनुपर्छ भन्ने सिकाईएको आयोजक संस्था ‘याक्थुङ चलचित्रकर्मी संघ नेपाल’का केन्द्रिय अध्यक्ष नवीन मेन्याङ्बोले जानकारी गराए । ३५ जना सहभागी वर्कसपमा मुन्धुमविद्द तथा कलाकार याशेली योङ्हाङ, कलाकार तथा निर्देशक प्रेम सुब्बा, अनाम रंगमञ्च धरानका अध्यक्ष तथा निर्देशक बिजय सुब्बा र कलाकार तथा निर्माता, यक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बो प्रशिक्षकको रुपमा रहेका थिए ।
एकहप्ते वर्कशपको समापन समारोहमा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । फिल्म मेकिङ तथा एक्टिङ वर्कसपले नयाँ पुस्ताहरुलाई फिल्म मेकिङका बारेमा धेरै कुराहरु प्रष्ट बुझाउने उदेश्यले प्रशिक्षण कार्यक्रम गरेको र अझै यस्तो धेरै कार्यक्रमहरु गर्ने योजना रहेको आयोजक संस्था याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नवीन मेन्याङवोले बताए । कार्यक्रमका कलाकार तथा यस वर्कसपका प्रशिक्षक यसेलि योङहाङले यो समयमा आफुले यस्तो कार्यक्रम भईरहेको देख्दा निकै खुसि लागेको र अहिलेको पुस्ताले चलचित्र मेकिङको बारेमा सिकिराख्ने र अपडेट भइराख्न सके राम्रो भबिस्य रहेको बताए ।
Discussion about this post