इटहरी/ शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ले आकर्षक ओपनिङ गरेको छ । देशभर उच्च शो पाएको चलचित्रले काठमाडौंभित्र र बाहिर नै राम्रो कमाई गरेको हो ।
काठमाडौभित्र र उपत्यका र बाहिर गरेर शुक्रबार चलचित्रले एक करोड २३ लाख ग्रस कलेक्सन गरेको चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीले बताएका छन् । काठमाडौं उपत्याकाभित्र मात्रै चलचित्रले करिब ७० लाख कलेक्सन गरेको उनले जानकारी दिए ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रले शुक्रबार ३४२ भन्दा धेरै शो पाएको थियो । सिनेमा हाउसफुल भएपछि हलहरूले शो थप्दै गएको दीपेशले जानकारी दिए ।
‘महाजात्रा’ नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ ।
आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो । चलचित्रमा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकार मुख्य भूमिकामा छन् ।
Discussion about this post