इटहरी / सन्तोष सेनको निर्देशनमा निर्माण हुने आशुसेन फिल्म्सको आगामी प्रोजेक्ट ‘बलिदान’मा अभिनेता बिराज भट्टको डिमान्ड आईरहदा उनकै छोरा समीर भट्ट अनुबन्धित भएका छन् । उनी यो फिल्ममा प्रमुख अभिनेताको रुपमा प्रस्तुत हुने जनाइएको छ ।
निर्देशक सन्तोषले समीरलाई बहुप्रतिभासाली भन्दै लामो समय लगाएर फिल्मका लागि छनोट गरिएको जानकारी दिए । समीर लामो समयदेखि मुम्बईमा गुपचुप रहेर एक्टिङ क्लास, मार्शल आर्ट, नृत्य तथा दृन्दका कार्यशाला लिइरहेका उनलाई यो फिल्ममा फिट हुने भएर आफुहरुले लिएको सन्तोषले बताए ।
भट्टको क्यारेक्टर पोस्टरसहित निर्माताले शुक्रबार फिल्ममा उनी रहेको जानकारी दिएको हो । सार्वजनिक पोस्टरमा समीरलाई मात्र प्रस्तुत गरिएको छ । उनी एक्सन अवतारमा देखिएका छन् ।
‘बलिदान’ मा निर्माताको रूपमा पवन ब्राडफोर्ड विष्ट तथा सह-निर्मातामा प्रेम पुरी छन् । २०८१ सालको दशैंमा यो फिल्म प्रदर्शनमा ल्याइने जनाइएको छ । यसबाहेक बिराज भट्टले निर्माण गर्न लागेको एक्सन–थ्रिलर ‘१२ गाउँ’मा पनि समीरको मुख्य पात्रको रुपमा अभिनय गर्ने भइसकेका छन् ।
बलिदानको फर्स्टलुक पोस्टर र प्री-टिजर सार्वजनिकपछि सामाजिक संजालमा यो फिल्ममा धेरैले एक्सन स्टार बिराज भट्टलाई हेर्न चाहेको धारण व्यक्त गरेका थिए । बलिदान टिमले बिराजसंग भेट पनि गरेको थियो । तर अन्त्यमा बिराज नभएर उनका छोरा समिरले बलिदानमा इन्ट्री पाएका छन् । बलिदानमा बिराजको जसरी डिमाण्ड भैरहेको थियो अब समिरले आफ्नो पिताको डिमाण्डलाई न्याय गर्छन् कि गर्दैनन् भन्ने कुरा त हेर्न बाकि नै छ ।
Discussion about this post