Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

४८ दिनमा सकियो ‘पुजार सार्की’को सुटिङ, फिल्मको कथामाथी पोखरामा संवाद

✍ परिकला न्यूज
चैत्र ६, २०८० मा प्रकाशित
४८ दिनमा सकियो ‘पुजार सार्की’को सुटिङ, फिल्मको कथामाथी पोखरामा संवाद

इटहरी/ ३ जना चकलेटी अभिनेताहरुले एकसाथ स्कृन शेयर गर्ने फिल्म ‘पुजार सार्की’ को छायांकन सम्पन्न भएको छ । कास्की जिल्लाको पोखरा नजिकै पर्ने कास्कीकोट र आसपासमा छायाङ्कन गरिएको फिल्म निर्माण युनिटले ४८ दिन लगाएर इन्डक्ल्याप गरेको हो । निर्देशक दिनेश राउतका अनुसार फिल्ममा समावेश गरिने कौडा गीत ‘दर्शन गरे हल्का निहुरिएर’ बोलको गीत अन्तिम छायांकन गर्दै फिल्म प्याकअप गरिएको हो । छायांकन सकिएको जानकारी दिँदै निर्देशक राउतले उक्त गीतमा फिल्मका प्रमुख कलाकारहरू पल शाह, आर्यन सिग्देल, प्रदीप खड्का, अन्जना बराईली र परीक्षा लिम्बू नाच्दै गरेको एक तस्वीर समेत सार्वजनिक गरेका छन् ।

यस्तै यहि फिल्ममा केन्द्रित भएर पोखरामा एक संवादको कार्यक्रम समेत सम्पन्न भएको छ । फिल्ममा उठान गरिएको बिषयवस्तुमाथि रहेर मिजार समाज नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा उक्त कार्यक्रम भएको हो । सोमबार आयोजना गरिएको उक्त कार्यक्रममा फिल्मका तर्फबाट फिल्मका प्रमुख कलाकार आर्यन सिग्देल, प्रदीप खड्कासंगै निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुभाष भुसाल लगायतको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मुलन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य समेत रहिसकेका दिल बहादुर नेपाली, मिजार समाज पोखराका अध्यक्ष उमेश सिके लगायत उपस्थित थिए । संवादमा ‘पुजार सार्की’ले उठान गरेको अन्तरजातीय विवाह सम्बन्धी मर्मस्पर्शी सामाजिक कथालाई प्रमुख विषय बनाइएको थियो ।

संवादमा सहभागी अभिनेता आर्यन सिग्देलले जातिय विभेद गर्नु अन्ध विश्वास मात्र भएको बताए । अभिनेता प्रदीप खड्काले आफू काठमाडौंमा जन्मे हुर्केका कारण यस प्रकारका कथाहरू सुनेको भएता पनि पहिलो पटक भोगेको बताए । उनले आफूले अभिनय गरिरहँदा ‘मैत बहादुर’ पात्रभित्र नै प्रवेश गरेको हुँदा आफ्नै कथा जसरी नै अभिनय गरेको बताए । खड्काले जातका आधारमा हुने विभेद आजको युगमा सहनै नसकिने अपराध भएको बताउँदै यो विभेद हटाउन सबै चेतनसिल नागरिकबिच एकता हुन आबश्यक रहेको बताए ।

लेखक बिकास सुवेदीले आफ्नो आँखाले देखेको कथालाई चलचित्रको कथामा रुपमा रुपान्तर गरेको बताए । सो कार्यक्रममा चलचित्र यूनिटलाई सम्मान पनि प्रदान गरिएको थियो । यो फिल्म पुजार सार्कीलाई २०८१ सालको जेठ पहिलो साता सार्वजनिक प्रदर्शन गर्ने तयारी भैरहेको छ । किङडम नेटवर्कको ब्यानरमा निर्माण भैरहेको फिल्ममा विकास सुवेदीको लेखन रहेको छ भने निर्मातामा सुभाष भुषाल रहेका छन् । राजेश श्रेष्ठले छायांकन गरेको यो फिल्ममा प्रदिप, पल, आर्यन, अन्जना र परिक्षाको अलावा, मोहन निरौला, लोकेन्द्र लेखक, सुबास गजुरेल, विद्या कार्की, तारा शर्मा, प्रेम सुब्बा, शंकर आचार्य लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

अगाडिकाे पाेस्ट

कपिल शर्माको सेटमा पुगे शोभित बस्नेत, गरे फिल्म प्रचार गर्न आग्रह

अर्काे पाेस्ट

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज किन नेपाल आउँदैछिन् ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो
कलिउड न्युज

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
कलिउड न्युज

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’

बैशाख २५, २०८३ मा प्रकाशित
प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

बैशाख २५, २०८३ मा प्रकाशित
विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

बैशाख २५, २०८३ मा प्रकाशित
आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana