इटहरी/ दिपेन्द्र गौचनको निर्देशन रहने फिल्म ‘केटी हराएको सूचना: मिसिङ’ छायांकन लागि चलचित्र युनिट जनकपुर पुगेको छ । ३० दिनको सेड्युलसहित चलचित्र युनिट छायांकनमा निस्किएको हो । यो फिल्मको केही दिन अगाडि काठमाडौँबाट छायाङ्कन सुरु गरिएको थियो । फिल्मको बाँकी छायांकन सकाउन चलचित्र युनिट जनकपुर पुगेको हो । फिल्मको बाँकी छायांकन जनकपुरमै हुने निर्माता नकिम उद्दिनले बताएका छन् ।
यो चलचित्रमा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहने छ । यस फिल्ममा नाजिर र सृष्टिले पहिलो पटक जोडीको रूपमा सहकार्य गर्दैछन् । फिल्ममा सृष्टि र नाजिरको अलावा स्थानीय कलाकारको समेत अभिनय रहनेछ । फिल्मका निर्माण नियन्त्रक अरुण रेग्मी हुन् ।
ट्राइ–सिटी पिक्चसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म नकिम उद्दिनले निर्माण गर्न लागेका हुन् । उनले यस अगाडि ‘म्यान फ्रम काठमाण्डू’ निर्माण गरेका थिए । अमर महर्जनको छायांकन रहने यो फिल्म सन् २०२४ मा रिलिज हुने बताइएको छ ।
Discussion about this post