Friday, March 27, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

श्रीमतीसहित मेयर बालेन शाहले हेरे फिल्म ‘अगस्त्य’, कस्तो दिए प्रतिक्रिया ?

✍ परिकला न्यूज
फाल्गुन २९, २०८० मा प्रकाशित
श्रीमतीसहित मेयर बालेन शाहले हेरे फिल्म ‘अगस्त्य’, कस्तो दिए प्रतिक्रिया ?

इटहरी/ रिलिजको दोस्रो सातामा प्रवेश गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’लाई दर्शकले उच्च साथ दिएका छन् । प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम शोहरु भएपनि दर्शकको चाप भने घटेको देखिदैन । फिल्मले पाएको शोजमा दर्शकको अकुपेन्सी सुखद रहेको छ । फगुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’को उच्च ‘वर्ड अफ माउथ’ले व्यापार पनि उत्साहजनक निरन्तरता पाइरहेको देख्न सकिन्छ । विशेषगरी फिल्मको दिवा र रात्रि शोजमा दर्शकको चाप उच्च रहेको छ भने कति शोज हाउसफुल भइरहेका छन् ।

फिल्मको यही हिसाबको अकुपेन्सी अनुपात हेर्दा ‘अगस्त्य’ले भोलीका दिनबाट बक्स अफिसमा अझै राम्रो व्यपार गर्ने देखिएको छ । तर, फिल्मले दोस्रो सातामा जति शोज पाएको छ, सबै शोजमा दर्शकको अकुपेन्सी राम्रो छ । प्रदर्शन अगावैबाट उच्च ‘हाइप’ मिलेको यस फिल्मको मेकिङ, कथावस्तु, कलाकारको अभिनय, एक्सनलाई दर्शकले निकै रुचाएका छन् । कतिले फिल्म बुलन्द भनेका छन् भने कतिले मेकिङ, क्लाइमेक्सको सस्पेन्स र कलाकारको अभिनय रुचाइएका छन् । यही कारण हलमा दर्शक पनि बढिरहेका हुन् ।

यस्तै, नेपालपछि अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन भएको यो फिल्मलाई विदेशी दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् । यो फिल्मले अष्ट्रेलियमा समेत हाउसफुलको निरन्तरता पाइरहेको छ । दर्शकले अगस्त्य च्याप्टर १ हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्य तिर को हो गणेश ? भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एकखालको चासोको विषय बनाइदिएको पाइन्छ ।

यतिबेला हलमा स्वदेशी र विदेशीसहित ६ फिल्मसँग प्रतिस्पर्धा गरिरहेको छ । यसका बावजूद पनि फिल्म व्यापारमा कमजोर देखिएको छैन । दोस्रो हप्तामा देशभरका हलमा फिल्मको अकुपेन्सी ७० प्रतिशतमाथि रहेको छ । कति हलहरुले अन्य फिल्मलाई भन्दा बढी शोज ‘अगस्त्य’लाई प्रदान गरेका छन् । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई देशभर १९ शो दिएको छ । कमजोर समीक्षा पाउँदा पनि फिल्मको व्यापार स्थिर रहनु निर्माण टिमका लागि ठूलो जीत देखिएको छे । विशेषगरी फिल्मले युवापुस्तालाई हलमा तानेको देखिन्छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म ‘अगस्त्य’ हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफ्नो टिम सहित शनिबार बेलुकी दरबारमार्गमा रहेको क्यूएफएक्स हलमा पुगेका थिए । फिल्म हेरेर मेयर बालेनले निर्देशको चोधरीको सोच, कलाकारहरुले गरेको मेहेनत र छायांकन पक्षको प्रशंसा गर्दै राम्रो लागेको प्रतिक्रिया दिएका थिए ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ । दर्शकबाट पाएको उत्सपूर्वक प्रतिक्रिया र व्यापार राम्रो भएपछि निर्माण पक्ष ’च्याप्टर २’का लागि उत्साहित भएको छ । जसलाई सन् २०२६ भित्र सार्वजनिक प्रदर्शन गर्ने जनाइएको छ ।

अगाडिकाे पाेस्ट

चलचित्र ‘केटी हराएको सूचना मिसिङ’ को छायांकन जनकपुरमा सुरु

अर्काे पाेस्ट

फिल्म प्रचारप्रसारको क्रममा ‘महाजात्रा’ टिमको धरानमा सिनेमा संवाद

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’
कलिउड न्युज

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’
कलिउड न्युज

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana