इटहरी/ चलचित्र ‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारहरुलाई लिएर चलचित्रको दोस्रो चरणको छायांकन सुरु गरिएको हो । चलचित्र ‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकनमा भारत, मलेसिया, पोल्याण्ड, अस्टिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रीका लगायतका देशका कलाकारहरुको अभिनय रहने छ । चलचित्रको तेस्रो चरणको छायांकन भने क्यानाडामा हुने चलचित्रका निर्माण नियन्त्रक सुमन काफ्लेले जानकारी दिए ।
अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । चलचित्रको पहिलो चरणमा नेपालको झापा, इलाम साथै भारतको सिकिम, दार्जीलिङ, जयगाँउ पश्चिम् बङ्गाल लगायतको ठाउँमा छायांकन गरिएको थियो ।
चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भन्डारी, बिजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबंशी लगायतको अभिनय रहेको छ ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताए ।
शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ । मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’मा दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहने छ । फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेको रहने छ ।
Discussion about this post