इटहरी/ पुरुष सौन्दर्य प्रतियोगीता ‘मिस्टर नेपाल २०२३’ आयोजना हुने भएको छ । २००१ देखी नियमित आयोजना हुँदै आएको मिस्टर नेपालको यसपटक कोशी प्रदेशको २ ठाउँमा अडिसन हुने भएको छ । मिस्टर नेपाल आयोजक संस्था नेक्स्ट मोडल्सले कोशी प्रदेश निर्देशकमा रौनक अग्रवाललाई जिम्मेवारी सुम्पदै दमक र बिराटनगरमा अडिसन हुन लागेको हो । मिस्टर नेपाल २०२३ को पहिलो अडिशन वैशाख २९ गते दमकबाट सुरु हुनेछ ।
दमकको गोर्खाली टोलमा अवस्थित थ्री इन होटलमा र बिराटनगरमा बैशाख २९ गते कंचनबारि अवस्थित व्हाइट हाउस रिसोर्टमा अडिसन हुनेछ । दुबै ठाउँमा दिनको ११ बजेबाट अडिसन सुरुवात हुने प्रदेश निर्देशक अग्रवालले जानकारी गराए । अडिसनमा १६ देखि ३२ वर्षका ५ फिट ८ इन्च उचाइ भएका युवाहरुले सहभागी हुन पाउनेछन् । नेपाली नागरिकता भएका युवाहरूले मात्रै सहभागीता जनाउन मिल्ने ‘मिस्टर नेपाल’को यसअघिका संस्कारमा कोशी प्रदेशको इटहरीका नुतन श्रेष्ठले उपाधी चुमेका थिए ।
‘मिस्टर नेपाल २०२३’ को दमक र बिराटनगरसंगै ३१ गते जनकपुर, जेठ २ गते चितवन, ३ गते बुटवल, ६ गते पोखरा र १३ गते काठमाडौंमा आयोजना हुनेछ अडिसन हुने आयोजकले जनाएको छ भने मधेस प्रदेशमा विक्रम आदित्य महासेठ, लुम्बिनी प्रदेश प्रशान्त शाह, गण्डकी प्रदेशमा आशिष पुरी प्रदेश निर्देशकका रुपमा रहेका छन् । विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।
Discussion about this post