इटहरी/ अभिनेता विराज भट्टका छोरा समीर भट्टले डेब्यु गर्ने फिल्म ‘१२ गाउँ’मा कलाकारको लाइनअप थपिने क्रम जारी छ । यहि क्रममा दक्षिण भारतीय ‘बाहुबली’ फेम्ड प्रभाषको फिल्म ‘साहो’मा खलनायकको भुमिकामा अभिनय गरेका कनिज कोइरालालाई अनुबन्ध गरेको छ । ‘१२ गाउँ’ कोइरालाको दोश्रो फिल्म भएपनी नेपाली सिनेमा उधोगका लागी भने नयाँ अनुहार हो ।
उनले दक्षिण भारतिय तेलेगु अभिनेता अधवी शेषको ‘गोडाचरी’ फिल्ममा समेत खलनायकको भुमिकामा अभिनय गरिसकेका छन् । उनले यसअघि विराज भट्टसंग भोजपुरी फिल्म ‘बध’ मा प्रमुख खलनायकको रुपमा अभिनय गरेका थिए । कोइराला पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यानहन्ट नेपाल २००९’को बिजेता समेत हुन् ।
बिराजले सामाजिक संजालमा औपचारिक कागजी सम्झौता सहितको केही तस्वीर पोस्ट्याउदै कोइरालालाई ‘डरलाग्दो खलपात्रको रुपमा प्रस्तुत हुँदै’ भनेर उल्लेख गरेका छन् । चैत दोस्रो सातादेखि छायांकन सुरु हुने भनिएको फिल्म `१२ गाउँ´ मा यसअघि पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्कालाई अनुबन्ध गरेको थियो । खड्काले पनि यहि फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् ।
‘साङलो’ फिल्म पश्चात् बिराज भट्टले यो फिल्म ‘१२ गाउँ’लाई आफ्नै होम प्रोडक्सनमा निर्माण गर्दैछन् । विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा सन्तोष सरकारको पटकथा र बिराज भट्टकै निर्माण तथा निर्देशनमा यो फिल्मलाई एक्सन जनरामा बनाउन लागिएको छ । बिग बजेटमा बन्न लागेको चर्चा चलेको यो फिल्म अहिले प्रि-प्रोडक्सन चरणमा छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने तयारी रहेको जनाइएको छ ।
Discussion about this post