Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

धरान र पोखरापछि काठमाडौंमा फिल्म ‘गोर्खा वारियर’को ऐतिहाँसिक प्रिमियर सम्पन्न

✍ सुवास संकल्प
फाल्गुन ११, २०८० मा प्रकाशित
धरान र पोखरापछि काठमाडौंमा फिल्म ‘गोर्खा वारियर’को ऐतिहाँसिक प्रिमियर सम्पन्न

इटहरी/ शुक्रबार ११ फागुनबाट देशव्यापी रिलिज हुने अन्तराष्ट्रिय एतिहाँसिक नेपाली चलचित्र ‘गोर्खा वारियर’को बुधबार बेलुका काठमाडौँको कमलपोखरीस्थित बिग मूभिजमा भब्य रेड कार्पेट प्रिमियर गरिएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराती, पूर्व उपप्रधान मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, साँसद ज्ञानेन्द्र बहादुर शाही, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, नेपालका लागि बेलायती राजदुत रब फेनलगायत अग्रज देखि नयाँ पुस्तका चलचित्रकर्मी, सञ्चारकर्मी तथा विभिन्न संघ संस्थाका पदाधिकारीले रेड कार्पेट प्रिमियरमा सहभागी भएर यो चलचित्र हेरे ।

चलचित्रको प्रिमियर अघि रेड कार्पेट कार्यक्रम आयोजना गरिएको थियो । रेक कार्पेटमा अतिथिहरुलाई ब्यान्ड बाजासहित भव्य स्वागत गरिएको थियो । गोर्खा वारियर हेरेपछि एमाले अध्यक्ष ओलीले नेपालमा आफुले हेरेको मध्य युद्ध सम्बन्धि निकै राम्रो सिनेमा बनेको छ भने,‘यसले नेपाली कथा र विषयलाई समेटेको छ । चलचित्र भवनमा रहँदा मैले हाम्रो कथालाई पर्दामा हेर्न पाउँदा खुसी महसुस गरेँ ।’ उनले यो चलचित्रलाई नेपाल सहित अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न सबैले सहयोग गर्नु पर्ने अपिल समेत गरे ।

यस्तै सिनेमा हेरेपछि आफु निकै भावुक भएको बताउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले भने,‘मेरो बुबा र बाजेले पनि बृटिस सेना भएर मलाय सहित अन्य युद्ध लड्नु भएको थियो । सोही कारण यो चलचित्र हेर्दा मैले आफ्नो कथा जोडिएको पाएँ ।’ यो चलचित्रलाई हरेक नेपालीले हेर्नुपर्छ भन्दै मन्त्री किारतीले अगाडि थपे,‘हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा हामी अवगत हुने मौका यो चलचित्रबाट पाउनेछौँ ।’ यो चलचित्रले नेपालीको वीरताको गाथालाई विश्वभरमा फैलाउने भनाई राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्गदेनले अगाडि थपे, ‘हामो देश नेपाललाई सगरमाथा झैँ गोर्खालीको देश भनेर पनि चिन्ने गरिन्छ तर यस्तो विषयमा चलचित्र निर्माणको सँख्या निकै कम हुनु भने दुःखद हो ।’ यस्ता ऐतिहाँसिक मौलिक चलचित्रलाई हामीले हेरेर हौसला प्रदान गर्नु पर्ने उनको सुझाब थियो । यस्तै सँघीय सांसद ज्ञानेन्द्र शाहीले राज्यले चलचित्रको विकाशका लागि उपयुक्त नीति नल्याएको भन्दै धेरै समयमा एक पटक बन्ने गोर्खा वारियर जस्ता ऐतिहाँसिक चलचित्रलाई सरकारले बिशेषरुपमा सहयोग गर्नु पर्ने बताए ।

अग्रज अभिनेता हरिवंश आचार्य पनि चलचित्रको खुलेर प्रसँसा गर्दै भने ,‘आजभन्दा ८० वर्ष अघिको समाजको कथा र गोर्खालीको सेनाको गाथा निकै मार्मिकसँग यो चलचित्रमा उतारिएको छ । नेपालमा युद्ध सम्बन्धि यतिराम्रो चलचित्र यस अघि कहिल्यै बनेको थिएन ।’ यो चलचित्र हेरेपछि निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेताहरु सरोज खनाल, गजित विष्ट, प्रशान्त ताम्राकार, प्रवण भुसाल, अभिनेत्री प्रियङ्का कार्की, पल्पसा डँगोल, श्रद्धा क्षेत्री, गरिमा शर्मा, कलाकारहरु किरण केसी, निर्मल शर्मा, दीपक आचार्य (काकु), कुमार कट्टेल, हरिस निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, वितरक करण श्रेष्ठलगायतले गोर्खा वारियरको खुलेर प्रसँसा गरे ।

प्रिमियर शोमा यो चलचित्रका निर्देशक मिलन चाम्सले भने,‘मैले गोर्खाली सेना र गोर्खा वारियरबारे यस अघि धेरैपटक बोलें । अब यो चलचित्र हेरेर बोल्ने पालो दर्शकको भएको पनि अबगत गराउँदछु ।’ वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रमार्फत प्रिमियरमा पाएको प्रतिक्रियाले आफू झनै उत्साहित भएको पनि निर्देशक चाम्सले बताए । यो चलचित्र मुलुकका १२० भन्दा बढी सिनेमा हलमा शुक्रबारबाट प्रदर्शन हुने पनि चाम्सले जानकारी गराए । यो चलचित्रका अभिनेता रितेश चाम्सले आफु आजको दिनको प्रतीक्षामा रहेका जनाउँदै गोर्खा वारियरले उत्कृष्ट प्रतिक्रिया पाएका कारण यो चलचित्रलाई दर्शकले मन पराउनेमा ढुक्क छु भने । यस्तै अभिनेत्री रेविका गुरुङले ७५ वर्ष अघिको समाजको महिला चरित्रमा प्रस्तुत भएको जनाउँदै फिल्म हेर्दा आफ्नो भूमिकाको क्रममा दर्शक रोएको देखेर आफुले पनि आँशु थाम्न नसकेको बताईन । अर्का अभिनेता बिजय लामाले यो नेपाल र नेपालीलाई चिनाउने वीरताको कथायुक्त सिनेमा भएकाले यसलाई सबैले हेर्नु पर्छ भने ।

यसका निर्माता सुमन राईले आफुलाई यो चलचित्रको कथा निर्देशक चाम्सले सनाउँदा नै औधी मन परेकाले गोर्खा वारियर निर्माण गरेको हो भने । चलचित्र हेरेपछि धेरै राम्रो लागेको पनि उनले बताए । सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको यो चलचित्रमा यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको मुख्य भूमिका रहेको छ ।

गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।

अगाडिकाे पाेस्ट

जात्रा, जात्रै जात्रापछी महाजात्रामा पनि पैसाको लफडा, हेर्नुस् टिजर

अर्काे पाेस्ट

विपिन कार्की र मिरुना मगरको ‘ऊनको स्वीटर’ पहिलो नम्बरमा

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana