इटहरी/ तामाङ रितिथितीमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘चारदाम’को इटहरीमा पुनः विशेष शो आयोजना गरिने भएको छ । यसअघि इटहरीमा विशेष शो आयोजना भैसकेको थियो । तर, पुनः हेर्ने माग बढेकोले यो फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारेर भोली इलाईट सिनेमा हलमा फिल्मको विशेष शो आयोजना गर्न लागिएको फिल्मका लेखक, निर्देशक तथा कलाकार लाखमान योन्जन तामाङले जानकारी गराए ।
दिनको ठिक ११ बजेदेखी फिल्म प्रदर्शन गरिनेछ । इटहरीसंगै चारदामको यसअघि चक्रघट्टि, पोखरा, धरान, भोजपुरमा विशेष शो सफल सम्पन्न भैसकेको छ । कोशी भिजन फिल्म्स प्रालीको ब्यानरमा निर्माण गरिएको ‘चारदाम’को मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता हुन् । फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पूर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले संयुक्त निर्माण गरेका हुन् ।
भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायाङ्कन गरिएको फिल्ममा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ति पाख्रिन, पूर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ । यो फिल्म ‘चारदाम’मा ३ ओटा गीत समावेश गरिएको छ भने दीपक लिम्बू, मुना ठटाल, पूर्ण लिम्बू, जोनि तामाङ र पदम ग्यावाले गीत गाएका छन् । फिल्म चारदाममा सुमन तामाङको छायाङ्कन तथा हेमन तामाङको सम्पादन रहेको छ भने अशोक मण्डलको शृङ्गार रहेको छ ।
Discussion about this post