Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

धरानमा ‘गोर्खा वारियर’ फिल्मको रेड कार्पेट प्रिमियर, रोए मुख्यमन्त्री कार्की र मेयर साम्पाङ (तस्वीरसहित)

✍ सुवास संकल्प
फाल्गुन ६, २०८० मा प्रकाशित
धरानमा ‘गोर्खा वारियर’ फिल्मको रेड कार्पेट प्रिमियर, रोए मुख्यमन्त्री कार्की र मेयर साम्पाङ (तस्वीरसहित)

इटहरी/ यहि फागुनको ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘गोर्खा वारियर’ को धरानमा ग्राण्ड रेड कार्पेट प्रिमियर सम्पन्न गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको रेड कार्पेट प्रिमियरमा धरानका नगरप्रमुख हर्क साम्पाङ, उप-प्रमुख आइन्द्र विक्रम बेघा लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

रेड कार्पेट प्रिमियर कार्यक्रम अघि विभिन्न भेषभुषामा सजिएर धरानेहरुले गोर्खा वारियरको ब्यानर बोकेर र्याली समेत गरेका थिए । धरानको छाताचोकबाट सुरु गरिएको र्यालिमा भानुचोक आईपुग्दा मेयर साम्पाङ समेत सहभागी भएका थिए । उनी भानुचोक देखी रेड कार्पेट प्रिमियर आयोजना गरिएको स्थान फ्रेन्डस् सिनेमाजसम्मै सहभागी भएका थिए । र्यालीलाई सशस्त्र प्रहरीको ब्याण्ड बाजा टोलिले नेपाली धुन बजाएर स्वागत सम्मान गरिएको थियो ।

प्रिमियर शोमा गोर्खा वारियर फिल्म हेर्न पुगेका आगन्तुक दर्शकहरुले फिल्म हल खचाखच भरिएको थियो । आगन्तुक दर्शकहरूले सिट नपाएर हलभित्रको भर्याङसमेत भरिएको थियो । फिल्म हेरेर निस्किएका दर्शकहरू प्रायःले फिल्मको बारेमा सकारात्मक प्रतिक्रिया दिँदै ११ गते सबै नेपालीलाई फिल्म हेर्न आग्रह गरे । आफ्नै कथा जस्तै लागेर भावुक भएको र आँशु थाम्न नसकेको उनिहरुको प्रतिक्रिया थियो । यता फिल्मको अन्त्यसम्मै बसेका मुख्यमन्त्री कार्कीले फिल्म हेरिसकेपछी ‘इतिहास फेरि ज्युदेको जस्तो लागेको’ जवाफ दिए ।

फिल्म अवधिभर धरानका मेयर साम्पाङसमेत थिए । फिल्म हेर्नुअघि ‘लाहुरेको शहरमा लाहुरेको फिल्म आएको’ भन्दै खुशी व्यक्त गरेका उनले फिल्म हेरिसकेपछी गोर्खा वारियरको खुलेरै तारिफ गरे । गोर्खा वारियरको धेरै दृश्यले आफ्नो मन छोएकोले आफुले फिल्म हेर्ने क्रममा रोएको बताए । पत्रकारसंग कुराकानिका क्रममा मेयर साम्पाङले फिल्मका निर्देशक मिलन चाम्सलाई बधाई दिए भने उनलाई महानिर्देशक समेत भएको बताए । बेलायत प्रिमियरका बेला आफू जान नपाएकोमा निर्देशक चाम्ससंग मेयर साम्पाङले माफी पनि मागेका छन् । यस्तै उनले प्रतिक्रिया दिने क्रममा अब धरानमा फिल्मको नीति नै बनाईएर नेपाली फिल्मलाई धरानमा सहयोग गर्ने बताए ।

मिलन चाम्स निर्देशित फिल्मको धरान रेड कार्पेट प्रिमियर शोमा चाम्स सहित निर्माता सुमन राई, कलाकारहरु रितेश चाम्स, रेविका गुरुङ, रियर राई, विजय लामा लगायत सहभागि थिए । नेपालमा पहिलोपटक प्रिमियर शो आयोजना गरेपस्चात निर्देशक चाम्सले धरानबाट सकारात्मक प्रतिक्रिया पाएको जानकारी गराए । उनी आगन्तुक अतिथी दर्शकहरुको उत्कृष्ट प्रतिक्रियाले उत्साहित भएका छन् । उनका अनुसार धरानको फ्रेन्ड्स सिनेमाजमा आज ६ गते आइतबारदेखी नै एड्भान्स बुकिङ खुल्ला गरिएको बताए । यसपस्चात गोर्खा वारियरको पोखरामा भोली ७ गते र काठमाडौमा ९ गते भव्य रेड कार्पेट प्रिमियर आयोजना गरिदैँ छ । फिल्मले ७० वर्षअघिको मलाया युद्धमा बेलायती सेनामा कार्यरत गोर्खाली सैनिकले लडेको बहादुरीपूर्ण लडाइको कथा बोल्छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘अगस्त्य’ को पावरफुल ट्रेलर सार्वजनिक

अर्काे पाेस्ट

भोली फागुन ७ गते इटहरीमा फिल्म ‘चारदाम’को पुनः विशेष शो गरिदै

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana