Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

धरानमा फिल्म ‘चारदाम’को भब्य विशेष शो सम्पन्न, ‘चारदाम-२’ बन्ने संकेत

✍ सुवास संकल्प
माघ ८, २०८० मा प्रकाशित
धरानमा फिल्म ‘चारदाम’को भब्य विशेष शो सम्पन्न, ‘चारदाम-२’ बन्ने संकेत

इटहरी/ तामाङ जातिको विवाह संस्कारलाई झल्काउने फिल्म ‘चारदाम’ को धरानमा भब्य विशेष च्यारिटी शो सम्पन्न भएको छ । धरानमा स्थापना गर्न लागिएको विशाल पारुहाङ सुम्निमाको प्रतिमा सहयोगार्थ यो फिल्म धरानमा यहि शनिबार प्रदर्शन गरिएको हो । धरान अवस्थित फ्रेन्ड्स सिनेमामा १२ बजे ‘चारदाम’को विशेष आयोजना गरिएको थियो । फिल्म प्रदर्शनअघि फिल्म निर्माण तथा धरान प्रदर्शनमा अमुल्य सहयोग पुर्याउने विशिष्ट व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

विशेष शोमा धरानका नगरप्रमुख हर्क साम्पाङको पनि विशेष उपस्थिति रहने भनिएको थियो । साम्पाङले आउने बताएको भएपनी श्रमदानमा ब्यस्त भएका कारण अन्तिम अवस्थामा उपस्थित जनाउन असमर्थ भएको खबर आएको फिल्मका लेखक, निर्देशक तथा कलाकार लाखमान योन्जनले जानकारी गराए । कोशी भिजन फिल्म्स प्रालीको ब्यानरमा निर्माण गरिएको ‘चारदाम’को यसअघि इटहरी, पोखरा र बराहक्षेत्रको चक्रघट्टिमा विशेष शो सफल प्रदर्शन गरिएको थियो ।

दर्शकहरुको सकारात्मक प्रतिक्रियाले उत्साहित रहेको फिल्मका अभिनेता सुवास तामाङ योन्जनले बताए । आफ्नो ८ वर्षपछिको कमब्याक सफल रहेको उनको कथन छ । यता निर्माण युनिटले यो फिल्मको दोश्रो सिक्वेल पनि बन्न सक्ने परिकला न्युजलाई जानकारी गराएको छ । दर्शकहरुले फिल्म जहाँबाट सकिन्छ, त्यहादेखीको कथा पनि हेर्न चाहेको प्रतिक्रिया पाएको निर्माण युनिटको भनाई छ । दोश्रो सिक्वेलबारे युनिट बसेर छलफल गर्ने लेखक, निर्देशक तथा कलाकार योन्जनले जानकारी गराए ।

यता ‘चारदाम’को अन्य ठाउँहरुमा समेत “विशेष शो” आयोजनाको तयारी भैरहेको छ । काठमाडौँ, पोखरा, भोजपुर, मोरङको बेलबारी लगायतका ठाउँहरुमा ‘चारदाम’ प्रदर्शनको तयारी निर्माण युनिटले गरिरहेको छ । मोहन लोप्चन तामाङको प्रस्तुतिमा तयार भएको फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पूर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले संयुक्त निर्माण गरेका हुन् ।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायाङ्कन गरिएको फिल्ममा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ति पाख्रिन, पूर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ । यो फिल्म ‘चारदाम’मा ३ ओटा गीत समावेश गरिएको छ भने दीपक लिम्बू, मुना ठटाल, पूर्ण लिम्बू, जोनि तामाङ र पदम ग्यावाले गीत गाएका छन् । चलचित्र चारदाममा सुमन तामाङको छायाङ्कन तथा हेमन तामाङको सम्पादन रहेको छ भने अशोक मण्डलको शृङ्गार रहेको छ ।

अगाडिकाे पाेस्ट

इटहरीमा ‘द अनटोल्ड स्टोरी’को प्रेस शो, हिरोबाट निर्देशनमा डेब्यु गरेका अयुबको तारिफ

अर्काे पाेस्ट

‘धोकेबाज’की गायिका नै धोकामा, मानसिक यातना दिन थालेपछि टुट्यो एलिनाको प्रेम

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana