इटहरी/ यहि माघको अन्तिम साता अर्थात २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘दयारानी’ को टिजर सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको फिल्मको टिजरबाट नि:सन्तान दम्पतीको कथा ‘दयारानी’ मा उठाईएको देखिन्छ । सन्तान नभएपछि दियाले दयालाई अर्को विवाह गर्न आग्रह गर्छिन् तर, दयाले विवाह गर्न मान्दैनन् । उता पछि भने सालीसंग विवाह गर्ने छाँटकाँट देखाउछन् ।
१ मिनेट ४६ सेकेन्ड लामो टिजरलाई सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । दया र दियाको जोडिलाई धेरैले मनपराएका छन् । तर, दयाको अर्को फिल्म पनि यहि मितिमा रिलिज हुँदैछ । त्यसैले उनिमाथि दवाद पक्कै छ । र एक ओझेल पर्ने सम्भावना प्रवल देखिन्छ । हेर्नुस् टिजर ।
फिल्ममा दया र दियासंगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारहरुको पनि प्रमुख भुमिकामा अभिनय रहेको छ । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको छ । शैलेन्द्र ध्वज कार्कीले खिचेको ‘दयारानीलाई मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण गरिएको हो भने कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।
Discussion about this post