इटहरी/ भारतको चर्चित टेलिभिजन डान्स रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’का बिजेता तथा उप-बिजेताहरु नेपाल आउने भएका छन् । ठन्डर स्टुडियोको आयोजनामा काठमाडौमा हुन लागेको ३ दिने डान्स वर्कसपका लागी ‘इन्डियाज बेस्ट डान्सर’का बिजेता समर्पण लामासहित उत्कृष्ट १० भित्र पर्न सफल भएका भिपुल, बोग्ली एलएलबि, शिवान्शु र अनिकेत नेपाल आउन लागेका हुन् ।
यी ५ डान्सरहरुले यहि जनवरी २९ देखी ३१ तारिखसम्म आयोजना हुने ‘द क्याम्प’ नामक वर्कसपमा आफ्नो अनुभव साट्ने छन् । डान्सर बन्ने सपना बोकिरहेकाहरुलाई आयोजकले वर्कसपमा सहभागी हुन आव्हान गरेको छ । इच्छुकले ग्लोबल अनलाइन पेबाट रजिस्ट्रर गर्दै सहभागी जनाउन सक्नेछन् । अथवा सिधै आयोजकलाई सम्पर्क गरेर पनि सहभागी हुन सकिनेछ । वर्कसपमा सहभागी हुने डान्सरले ‘युनाईटेड डान्सर अर्गनाइजेसन युके’मा सिधै सहभागीता जनाउने अवसर पाउने आयोजक संस्थाका संचालक विजय कार्किले बताए ।
Discussion about this post