इटहरी/ रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको फिल्म ‘उपहार’को माघे संक्रान्तिको अवसर पारेर ४ पोस्टर सार्वजनिक गरिएको छ । फिल्म निर्माण युनिटले यसअघि २ गीत सार्वजनिक गरिसकेको छ । सार्वजनिक ४ पोस्टरहरुमा फिल्मका कलाकारहरूले निभाएका पात्रहरुको चरित्र चित्रण गरिएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको सार्वजनिक पोस्टरमा अभिनेत्री रेखा थापालाई चियावालीको चिनाईएको छ ।
रेखाको जोडी अभिनेता मुकुन भुषालसँग बाँधिएको छ । यस्तै अभिनेत्री बेनिशा हमाललाई वकिल रुपमा प्रस्तुत गरिएको छ भने तेज गिरीसँग बेहुलीको पहिरनमा समेत देखिएकी छन् । अभिनेत्री पूजा शर्मालाई भने चारवटै पोस्टरमा खुसी मुद्रामा देख्न सकिन्छ । पुजाको जोडी भने मिस्टर नेपाल बिजेता तथा डेब्यु अभिनेता समर्पण जंग कार्की हुन् । निर्मल शर्मा, राजाराम पौडेल, किरण केसी र शिशिर राणालाई पनि पोस्टरमा स्थान दिइएको छ ।
फिल्ममा सुष्मा कार्की, अंशु महर्जन र आशा भुषाल लगायतको अभिनय छ । रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्मातामा छन् । फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् ।
फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना, शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत लेखन, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।
Discussion about this post