Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पुर्बेली फिल्म क्षेत्रमा नयाँ ट्रेन्ड – ‘विशेष शो’, क-कस्ले पछ्याउँदै छन् यो ट्रेन्ड ?

✍ सुवास संकल्प
पुस २३, २०८० मा प्रकाशित
पुर्बेली फिल्म क्षेत्रमा नयाँ ट्रेन्ड – ‘विशेष शो’, क-कस्ले पछ्याउँदै छन् यो ट्रेन्ड ?

इटहरी/ सिनेमाको नजरले हेर्ने हो भने पछिल्लो समय कोशी प्रदेशमा नयाँ ट्रेन्ड सुरु भएको छ । सायदै यो ट्रेन्डको यत्तिका चहलपहल अन्य ठाउँमा छैन होला । त्यो ट्रेन्ड हो, भाषागत वा संस्कार संस्कृतिको कथामा फिल्म निर्माण गर्यो अनि लगानी उठाउन विशेष शो ठाउँ-ठाउमा गर्यो । यस्तै भाषागत भन्दा बाहिरका फिल्महरुको पनि विशेष शो चलिरहेको छ । यो ट्रेन्ड अहिले कोशी प्रदेशको पनि विशेषगरी धरान र इटहरीमा खुबै मौलाएको छ । जस्ले गर्दा यो ठाउँमा चलचित्रनगरी चलायमान देखिन्छ । देशव्यापी रिलिज हुने फिल्म चलोस् नचलोस् तर, यहाँ भने, जस्ता फिल्म पनि विशेष शोको नाममा चलेकै छन्, अझ भनौं हाउसफुल नै हुन्छन् ।

यो ट्रेन्ड पछ्याउँनेमा अगाडि आउँछन् लेखक, निर्माता, निर्देशक तथा कलाकार लाखमान योन्जन तामाङ । उनले आफ्नै कम्पनी कोशी भिजन फिल्मस प्रालीको ब्यानरबाट फिल्म बनाउछन् । फिल्म बनाउन सबैभन्दा सजिलो उनैलाई छ । सम्पुर्ण प्राविधिक सामग्री सहित उनको पुरै परिवार नै यहि क्षेत्रमा भएको कारण अरुलाई भन्दा उनलाई फिल्म बनाउन सहज छ । लाखमानले पछिल्लो समय तामाङ जातिको संस्कार, संस्कृति र पहिचानलाई समावेश गरेर ‘अभियान’ र ‘चारदाम’ नामक २ ओटा फिल्म निर्माण गरिसकेका छन् । देशव्यापी रिलिजमा भन्दा पनि उनी विशेष शोमै यो फिल्महरुलाई दौडाईरहेका छन् ।

इटहरी, धरान, काठमाडौ लगायतका ठाउँहरुमा अभियानको विशेष शोहरु गरेका उनले अझै केही ठाउँमा शो गर्ने मनसाय बनाएका छन् । तर, हालै निर्माण गरेको ‘चारदाम’ फिल्ममा लाखमान केन्द्रित भैरहेका छन् । इटहरीमा विशेष शो हाउसफुल भएपछि उनले ‘चारदाम’को चक्रघट्टि र पोखरामा विशेष शो सम्पन्न गरेका छन् । यता यहि ट्रेन्डलाई पछ्याउँदै निर्देशक बिजय सुब्बाले पनि ‘हाङनान्द’ फिल्म बनाए । उनले पनि सो फिल्मको देशव्यापी रिलिज गराउने तर्फभन्दा विशेष शोमै ध्यान केन्द्रित गरे । नेपालमा धरान, इटहरी लगायतका ठाउँहरु संगै हङकङमा समेत ‘हाङनान्द’को विशेष शो हाउसफुल गराए । उनले ‘हाङनान्द’ फिल्ममा लिम्बू जातिको याक्थुङ मुन्धुममा आधारित लिम्बुहरुको महत्त्वपूर्ण बाजा ‘च्याब्रुङ’ को उत्पती र यसको विशेषताको बारेमा प्रस्ट्याउने जमर्को गरेका थिए । निर्देशक सुब्बाले पन्धाक फिल्मस् प्रोडक्सनको ब्यानरमा यो फिल्म नेपाली भाषामै निर्माण गरेका थिए । त्यसैगरी निर्माता, निर्देशक तथा कलाकार अरुण कुमार प्रधान पनि यहि लहरमा छन् । उनले पनि आफुले निर्माण तथा निर्देशन गरेको फिल्म ‘१२ नेपालि एक चिहान’लाई बिशेष शोको नाममा प्रदर्शन गरिरहेका छन् । उनले धरान, झुम्का लगायतका ठाउँहरुमा केहिसमय अघि बिशेष शो गराएका थिए । इराकमा मारिएका १२ नेपालीको सत्य घटनामा यो फिल्मलाई निर्माण गरिएको छ ।

सुनसरीको झुम्कामा म्याजिक सिनेमा हल संचालन गरिरहेका पर्शुराम चौधरी पनि यो ट्रेन्ड पछ्याउँनेमा पर्छन् । उनलाई पनि फिल्म निर्माणमा लाखमान योन्जनलाई सहज भएझै फिल्म चलाउनमा सहज छ । उनले आफ्नो फिल्म ‘जितिया-२’ को बेला बेला आफ्नै फिल्म हलमा विशेष शो गरिरहन्छन् । यो फिल्मलाई उनले थारु रितिरिवाजमा रहेर निर्माण गरेका छन् । यस्तै यो ट्रेन्डलाई पछ्याउँन थालेका अर्का निर्माता, निर्देशक तथा कलाकार हुन् भिम लामा । उनले पछिल्लो समय ‘लिलामे माईला’ फिल्म बनाएर ठाउँ ठाउँमा विशेष शो आयोजना गर्दै हिडिरहेका छन् । धरान र इटहरीमा विशेष शो गरे पश्चात् उनले यो फिल्मको बिराटनगरमा पनि विशेष शो सम्पन्न गरेका छन् भने बिराटचोक र चक्रघट्टीमा विशेष शो गर्दैछन् । उनले आफ्नो फिल्म निर्माण कम्पनी भिम लामा फिल्मस प्रालीबाट प्रस्तुत गरिएको यो फिल्ममा ३ जातीको प्रेम कथा र विवाह रितसम्मका कुरालाई उठाएका छन् ।

त्यसैगरी कोशी प्रदेशमा विशेष शोको ट्रेन्डलाई पछ्याउँदै फिल्म काँडेतार पनि प्रदर्शन गरियो । इटहरीमा यो फिल्मको एकदिनमा एक शो हैन ३ शो नै विशेष शोको रुपमा देखाईयो । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने अभियानसहितको सन्देश फैल्याउने उद्देश्यले निर्माण गरिएको यो फिल्मको इटहरीसंगै उदयपुर, धरान र बिराटनगर सहित देशव्यापी रुपमै विशेष शो चलिरहेको छ । यता लिम्बु संस्कार, संस्कृतिलाई समेट्दै निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘युप्पारुङ’ले पनि यहि ट्रेन्डलाई नै फलो गरेको भन्ने बुझ्न सकिन्छ । सागर सिङ्गल अन्छङ्बोको निर्माण तथा रविन श्रेष्ठको कथा र निर्देशनमा तयार भएको यो फिल्मको धरानमा हालै विशेष शो आयोजना गरिएको छ । यो फिल्म पनि नेपाली भाषामै तयार गरिएको हो ।

यता भर्खरै छायांकन सकिएको र अहिले पोस्ट प्रोडक्सनमा रहेको लिम्बू संस्कृतीमा आधारित सर्ट फिल्म ‘कुमाक्ला फाक’ को पनि विशेष शोको तयारीमा रहेको बुझ्नमा आएको छ । थिएटर साहारा धरानको दोश्रो प्रस्तुती स्वरुप निर्माण गरिएको यो सर्टफिल्मको कथा, पटकथा तथा निर्देशन नविन मेन्याङबोको रहेको छ । यो सर्टफिल्म कुमाक्ला फाकमा लिम्बु जाती र सुंगुरसंगको परम्परागत सम्बन्ध र त्यसमा आएको उतारचढावलाई उठान गरिएको छ । यता यहि आउँदो माघ १५ गते लिम्बू सँस्कारमा आधारित नेपाली कथानक चलचित्र सेमे:वा ( सिफ्यु चरा ) को विशेष शो हुने हुने भएको छ । त्यसपस्चात अन्य ठाउँहरुमा समेत यो फिल्मको विशेष शो आयोजना गर्ने फिल्म निर्माण युनिटको तयारी छ । यो फिल्मको लेखक दिलिप फुरुम्बो हुन् भने उनैले निर्देशन गरेको यो फिल्मको कार्यकारी निर्माता पनि दिलिप नै हुन् । यस्तै लिम्बु संस्कार सस्कृतीमा आधारित नेपाली कथानक चलचित्र ‘युक्पुङ’ अर्थात (बस्ती) को पनि केहिअघि विशेष शो गरिएको थियो । यो फिल्मको धरानमा ३ शो गरिएको थियो भने ३ शो नै हाउसफुल भएको थियो । यो फिल्मलाई दिनेश माङ्मुले निर्देशन गरेका हुन् ।

यी लगायत अन्य फिल्महरुले पनि यो ट्रेन्डलाई पछ्याउँदै विशेष शो गरिरहेका छन् । केहीसाता अघि लोकप्रिय अभिनेत्री मलिका महत अभिनित फिल्म ‘सतिदेवी’ पनि कोशी प्रदेशमा पहिलोपटक विशेष शो गरिने भनिएको थियो । त्यसको लागी धरानमा चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखा र दमकमा चलचित्र पत्रकार संघ नेपाल झापा शाखाले तयारी पनि गरेको थियो । तर, मौसम खरावीका कारण निर्माता निर्देशक लक्ष्मण सुवेदी तथा अभिनेत्री मलिका महत आउन नसकेपछि यी दुबै ठाउको विशेष शो रद्ध भएको थियो ।

अगाडिकाे पाेस्ट

‘ड्रेस टु इम्प्रेस सिजन-९’ एकैसाथ चार जनाले जिते उपाधि

अर्काे पाेस्ट

इन्डियन आईडलमा गीत बिर्सिएर धड्कन बढेपछि मेनुकाको लागी स्टेजमै डाक्टर

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana