Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘अगस्त्य’ निर्माण युनिटसंग छ मानसिक सन्तुलन गुमेको सौगात मल्लको तस्विरको रहस्य

✍ सुवास संकल्प
पुस १७, २०८० मा प्रकाशित
फिल्म ‘अगस्त्य’ निर्माण युनिटसंग छ मानसिक सन्तुलन गुमेको सौगात मल्लको तस्विरको रहस्य

इटहरी/ केहि दिनअघि सामाजिक संजालमा हातमा पाउरोटी बिस्कुट बोकेका, कपाल लट्टा परेको, फोहोर अनि च्यातिएको लुगा लगाएका एकजना मान्छेको तस्विर सार्वजनिक भयो । झट्ट हेर्दा मानसिक सन्तुलन गुमाएका जस्तो देखिने ति व्यक्तिलाई सहजै जो कोहिले पनि उनि अभिनेता सौगात मल्ल हुन् भन्ने अनुमान लगाउन सक्दैन थिए । तर, ति व्यक्ति अभिनेता सौगात मल्ल नै थिए । कुनै पनि फिल्म तथा भिडियोको पात्र हुन् भन्ने नखुली सार्बजनिक भएको उक्त तस्वीरलाई अभिनेता नाजिर हुसैनले सौगातलाई नै मेन्सन गर्दै ‘यो के हालात बनाउनु भयो दाई तपाइँले? तपाईं यस्तो मान्छे हैन !’ भन्दै उक्त पोस्टर सामाजिक संजालमा पोस्ट गरेपछि त झनै सौगातले मानसिक सन्तुलन गुमाएछन् भन्ने भ्रममा संजाल प्रयोगकर्ताहरु परे ।

कतिले उनको कलाकारिताको तारिफ गर्दै आफुले निर्वाह गर्ने पात्रलाई न्याय दिएको कमेण्ट गरेका छन् भने केहिले चाहिँ सो फोटो एक फिल्ममा उनले निर्वाह गरेको पात्रको रुपमा देखिएका हुन् भन्ने पत्याएनन् । तर अंग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर फिल्म ‘अगस्त्य’ निर्माण युनिटले सौगातको उक्त गेटअप सहितको अफिसियल पोस्टर सार्वजनिक गरेपछि भने यो सबै भ्रमहरु तोडिएको छ । फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरीले सोमबार सौगातको सो गेटअप र अर्को कसिलो शरीर सहित एक्सन लुक्समा रहेको पोस्टर सार्वजनिक गरेको छ । उक्त पोस्टरहरु सार्वजनिक गर्दै फिल्म निर्माण युनिटले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । नेपाल सहित विश्वव्यापी प्रदर्शनमा आउने गरि फिल्म युनिटले आउने फागुनको १८ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो मितिमा हालसम्म अगस्त्य एक्लै छ । सौगात मल्ललाई निर्माण युनिटले ‘सौर्य’ पात्रको रुपमा भिन्न दुइ गेटअपमा परिचित गराएपछि फिल्ममा उनको भूमिका र अभिनयप्रति सिनेप्रेमीमा कौतुहलता देखिएको छ ।

अगस्त्य निर्माण युनिटका अनुसार यी २ फरक-फरक गेटअपका लागि सौगातले सुरुमा २० केजी तौल घटाएका थिए भने पछि फेरी १० केजी तौल बढाएका थिए । यो फिल्ममा मल्टिस्टार कलाकारहरुको अभिनय रहेको छ । अन्य कलाकारहरुको क्यारेक्टर पोस्टर सार्वजनिक हुन बाँकी नै छ । सौगातको यो गेटअपले नै फिल्मलाई प्रतिक्षित बनाउन बल पुगेको छ भने सार्वजनिक हुन बाँकी रहेका अन्य पात्रहरुले फिल्मको हाईप अझै बढ्ने अपेक्षा गर्न सकिन्छ । डार्क हर्स इण्टरटेन्मेण्ट र सेभेन सिज इण्टरटेन्मेण्टको प्रस्तुतिमा निर्माण भएको अगस्त्यको यो पहिलो च्याप्टर हो । यो फिल्ममा सौगातको अलावा नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको समेत प्रमुख भूमिकामा अभिनय रहेको छ । फिल्ममा संजय लामाको छायांकन छ भने प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेल यो फिल्मको लगानीकर्ता हुन् । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

अगाडिकाे पाेस्ट

‘आरती’ वेब सिरिजको नेपाली संस्करणको प्रिमियर सम्पन्न

अर्काे पाेस्ट

आख्यानकार तथा कथाकार सबु सुवेदीले सुरु गरिन् ‘टपिकलेस’ पोडकास्ट

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana