इटहरी/ नेपालमा पछिल्लो समय राजनीतिमा कलाकारहरूको मोह बढ्दो छ । एउटा एउटा पार्टी प्रवेश गर्दै राजनीति गर्ने चलचित्रकर्मी मध्ये एक हुन् रोज राणा । उनी यतिबेला मन्त्रीमा नियुक्त भएका छन् । नेपाली फिल्म उधोगमा निर्माता, निर्देशक तथा अभिनेताको रुपमा परिचीत राणा लुम्बिनी प्रदेशको मन्त्रीमा नियुक्त भएका हुन् । उनी नेपाली फिल्म क्षेत्रबाट मन्त्री बन्ने पहिलो चलचित्रकर्मी भएका छन् ।
फिल्म उधोगमा समेत आफ्नो बेग्लै पहिचान बनाएका राणाले लुम्बिनी प्रदेश अन्तर्गत उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय पाएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिवार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नेपाली काँग्रेसका रोजसँगै माओवादी केन्द्रकी कृष्णा केसी पनि मन्त्री नियुक्त भएकी छन् । यी दुबैजनाले आइतबार बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा सपथ ग्रहण गरेका छन् । रोजले खलनायक, डन, दोस्ती, टक्कर दुई मुटुको र म छु नि तिम्रो लगायतका चलचित्रमा अभिनय तथा निर्माण गरेका छन् ।
Discussion about this post