इटहरी/आमा साबित्रा फिल्मस को प्रस्तुति धारावाहिक शृखला ‘भाबिको लेखान्त’ आज शुक्रबार देखि ईमेज च्यानल एचडि मा प्रसारणमा आउने भएको छ । मानव जिवनको दुख सुखलाई मुख्य कथा बस्तुको रूपमा तयार पारिएको टेलिशृखला प्रत्यक शुक्रबार ईमेज च्यानल एचडि मा बेलुका ८ बजे र युटुब च्यानलमा भाविको लेखान्त अफिसियलमा बेलुका ८ः३० मा प्रसारण हुने भएको छ ।
सुरेन्द्र थापा र रमेश बुढामगरको लेखन तथा निर्देशनमा रहेको टेलिशृखला ‘भाबिको लेखान्त’ मा सन्दिप चौधरीकोको सम्पादन रहेको छ । शृङ्खला मा मुकुन्द थापा लगायत तारा केसी, कमल प्रसाद भट्ट, रमेश अधिकारी, गिता थापा, लेखान्त भुसाल, रमेश बुढामगर, सुरेन्द्र थापा, आकृती न्यौपाने, यशु भट्टराई, प्रबिण पुरी, सबिन घिमिरे लगाएत अन्य थुप्रै कलाकारको अभिनय रहेको छ ।
Discussion about this post