इटहरी/दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्म ‘के घर के डेरा’को सिरिज ‘के घर के डेरा घर नम्बर २’ निर्माण हुने भएको छ । निर्देशक खनालले भने–‘यसपटक फिल्ममा मनोरञ्जन मात्र नभएर अर्थपूर्ण सन्देश पनि हुनेछ । यसका लागि हामीले होमवर्क गरिरहेका छौँ ।’ भन्दै फिल्मको कथा लगभग फाइनल भएको बताए ।
यसअघि दीपेन्द्रले दुई वटा फिल्मको निर्देशन गर्ने तयारीमा रहेका र फिल्मको प्रदर्शन मिति समेत तय गरेका छन् । ‘के घर के डेरा घर नम्बर २’लाई आउँदो वर्षमा छायांकन गरेर त्यही बर्षको तिहारमा रिलिज गर्ने पक्का गरिएको दीपेन्द्रले जानकारी दिए । खनालको निर्देशनमा तयार हुने यो फिल्मलाई चर्चित लेखक बुद्धिसागर लेखेका छन् ।
दीपेन्द्र अब फिल्म ‘मेयर’को निर्देशन गर्ने तयारीमा छन् भने यसपछि, आफ्नै होम प्रोडक्शनको फिल्मको छायांकन सकेर फिल्म ‘के घर के डेरा घर नम्बर २’ निर्देशन गर्नेछन् । ए प्लस इन्टरटेन्मेन्टसँग नटराज क्रियशनले सहकार्य गर्दै यो फिल्मको निर्माण गर्न लागेको हो ।
Discussion about this post