इटहरी/सन् २०१८ मिस नेपालकी विजेता शृङ्खला खतिवडा आफ्ना प्रेमी सञ्चार उद्यमी सम्भव सिरोहियासँग आज बिहीबार बन्धनमा बाँधिँदै छिन् । आफुले मन पराएको मान्छेको दुलही बन्नु आफैमा भाग्यमानी हुनु हो अझ प्रेमलाई बिबाह सम्म परिणत गर्न सफल पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् ।
विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतका उपस्थितिमा होटेल हायातमा शृङ्खला र सम्भवको आयोजना गरिएको छ । केही दिन अगाडि शृङ्खलाको ‘मेहेन्दी समारोह’ आयोजना भएको थियो । उनले आयोजना गरेको ब्याचलर पार्टीमा पूर्व मिस नेपालहरू थुप्रै सहभागी थिए ।
गत असोजमा शृङ्खलाले इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् । पेसाले इन्जिनियर उनी हालै हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर पढेर फर्केकी हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् । पूर्व मिस नेपालहरूको पनि विवाहमा सहभागिता रहेको छ ।
Discussion about this post