इटहरी/पछिल्लो समयको चर्चित गायिका मेनुका पौडेलको स्वरमा समावेश ‘सलार’ फिल्मको ‘सुरज हि छाव बनके’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । केही दिन अगाडि मात्र मेनुकाले यो गीत रेकर्ड गरेकी थिइन् । ‘सुरज हि छाव बनके’ बोलको गीत आज युट्युबमार्फत सार्वजनिक गरिएको हो । यो गीतमा रवी बस्रुरको संगीत, रिया मुखर्जीको शब्द छ ।
फिल्मको निर्माणपक्षले यो गीतको लिरिकल अडियो सार्वजनिक गरेको हो । प्रशान्त निल निर्देशित यो फिल्ममा प्रभाषको मुख्य भूमिका छ । सार्वजनिक गीत भिडियोमा फिल्मको केहि भाग देखन सकिन्छ । २ साथी बिचको कथा रहेको यस गीतको मार्मिक एक एक शब्द र भिडियोको दृश्यमा प्रस्ट देखिएको छ ।
‘इन्डियन आइडल १४’ मा सहभागी भएपछि मेनुकाको चर्चा भारतमा पनि खुबै चुलिएको छ । उनले, हिन्दी फिल्म ‘सलार’बाट पाश्र्व गायनमा डेब्यू गरेकी हुन् । रिबेल स्टारले चिनिने प्रभाषको मुख्य भूमिका रहेको फिल्म ‘सलार’ यहि डिसेम्बर २२ तारिखबाट विश्व बजारमा रिलिज हुँदैछ ।
Discussion about this post