इटहरी/ अभिनेता पल शाह, सलोन बस्नेत र अभिनेत्री बर्षा राउतको मुख्य भूमिकामा रहने नयाँ फिल्म ‘अवतार’ निर्माण हुने भएको छ । यस फिल्मलाई निर्देशक एभरेष्ट सुर्य बोहराले निर्देशन गर्नेछन् । बिक्रम डी जोशी र हिराल जोशीको निर्माण रहने यो फिल्म ‘अवतार’मा निर्माता बिक्रमको साथमा सुशील सिटौलाको समेत अभिनय रहनेछ ।
जेल जिवनपछी अभिनेता पल शाह धमाकेदार कमाब्याकको साथ एकपछी अर्को फिल्ममा काम गरिरहेका छन् । पलले भर्खरै मायावीको सुटिङ्ग सम्पन्न गरे भने पुजार सार्कीमा अनुबन्ध भैसकेका छन् ।
त्यस लगत्तै केवल तामाङको निर्माण तथा निर्देशनमा बन्ने फिल्म ‘मायाका रङ्गहरु’मा समेत अनुबन्ध भएका पल अवतारमा पनि देखिने भएका हुन् । यता अभिनेत्री बर्षा राउत महाजात्रामा व्यस्त रहेकी छिन् भने सलोनको पछिल्लो रिलिज फिल्म ‘जय हो’ रहेको थियो ।
Discussion about this post