इटहरी/आगामी पौष २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चित्रा’को पोस्टर सार्वजनिक गरिएको छ । बाबुछोरीको कथा प्रस्तुत गरिएको पारिवारिक सिनेमाका यी पोस्टरले ‘चित्रा’ आखिर को हुन् त ? भन्ने कौतुहलता उत्पन्न गराउँछ ।
‘चित्रा’मा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाश, अन्जना, सिम्रन, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ । ग्रे र कलरफुल थिममा तयार पारिएका यी पोस्टरले सम्बन्ध र तीनका आयातनको कथा दर्शकलाई पस्किने अनुमान गर्न सकिन्छ ।
चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफैं कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो सिनेमा राजनराज शिवाकोटीको संगीत छ । महेश पौडेलले छायाँकन गरेको सिनेमामा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन् ।
सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको सिनेमाको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । सिनेमामा शैलेश श्रेष्ठको पाश्र्व संगीत, सोनाली शिल्पकारको मेकअप, बिजय बस्यालको पोष्टर डिजाइन रहेको छ । सिनेमाको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।
Discussion about this post