इटहरी/गायक स्वरूप राज आचार्यको स्वर र संगित रहेको ‘कथा’ बोलको गीत भिडियो सार्वजनिक भएको छ । ए बि ड्रिम क्रियसनको प्रस्तुतिमा बनेको मूजिक भिडियो अमेरिकाको बिभिन्न ठाउमामा छंयाकनको काम सकिएको छ । मानिस र कुकुर बिचको आत्मियता र प्रेमको बिषयलाई देखाउन खोजेको छ । वास्तवमा कुकुर निकै राम्रा जनावर हो ।
जसले आफ्नो र पराइ मान्छे मज्जाले चिन्छ । आफ्नो र पराई छुट्याउन सक्ने ज्ञान भएको कुकुर पनि हामी जस्तै हो भन्ने संदेश दिन खोजेको छ । कुनै अप्रिय घटना हुन लाग्यो भने भुकेर संकेत दिने कुरा त यहाहरूलाई थाहा नै छ । अनजान मान्छे देख्यो भने भुकेर सूचना दिन्छ । हो यनै वफादार कुकुरको प्रेमले भरिएको भिडियो चाडै यहाहरू माझ आउदै छ ।
रमेश दियालीको शब्दमा बिशाल गुरूगं र टिमले भिडियो निर्माण गरेका हुन । लेख्न छुटेको कथा जस्तै गीतको भिडियोलाई बिशाल गुरूगं लक्ष्मण दियालीले निर्देशन गरेका छन भने अशोक भुजेलको छाँयाकंनमा रमेश दियाली, ऐष्टर, जेकी, बिशाल गुरूगं र रोहिस सेड जेरले अभिनय गरेका छन । ए बि ड्रिम क्रियसनको अफिसियल च्यानल बाट रिलिज हुने भिडियोले दर्शकहरूको मन जित्ने छ भन्नै आशा राखेका छौ ।
अमेरिकाको हेरिसवर्गमा एउटा बिशाल कार्यक्रम गरेर यस भिडियोलाई बिमोचन गरिएको थियो । उक्त कार्यक्रममा ईन्डियन आईडल अमित पलले आधा दर्जन गीत गाएर भिडियो बिमोचन गरिएको थियो । बाटोको कुकुरलाई तपाईं हामीले आहारा दिएनौँ भने ऊ कसरी बाँच्छ ? उनीहरू न चराचुरुंगी जसरी उडेर टाढा टाढा पुगेर आहार खोज्न सक्छन् । मान्छेले बरु झ्याल लगाउँदैनन् तर ढोका लगाउँछन् । हेर्नुहोस् भिडियो ।
कुकुरलाई हामीले कुकुर भनेर दुर्व्यबहार गरिहँदा हामी आफू मान्छेचाहिँ कत्तिको मानवीय व्यवहार गरिरहेका छौं त ? यस भिडियोमा देखाउन खोजेको पनि यनै कुराहरू छन । मानिस र कुकुर तपाईहरूको पनि मिल्ने साथी बन्ने छ भन्ने संदेश बोकेको यस भिडियोलाई यहाहरूले साथ र माया गरिदिनु हुन्छ भन्ने आशा गरेका छौ ।
Discussion about this post