इटहरी/’प्रेमगीत ३’बाट देश बिदेशमा आफ्नो बेग्लै छाप छोडेका चर्चित लोकप्रिय अभिनेता प्रदीप खड्का बलिउड फिल्ममा देखिने भएका छन् । उनले बलिउडमा फिल्म ‘ऐरी’ मार्फत डेब्यु गर्न लागेका हुन् । निर्माता टिमले मंगलबार फिल्म ‘ऐरी’को पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् ।
प्रदीप खड्काका प्रेस सल्लाहकार रामजी ज्ञवालीका अनुसार यस फिल्ममा अधिकांश भारतीय कलाकार रहनेछ भने अझै अरु कलाकारहरु फाइनल नभएको पनि बताए । भारतमै छायांकन हुने यस फिल्मको सार्वजनिक टिजरमा अभिनेता प्रदीप खड्कालाई मात्र प्रस्तुत गरिएको छ ।
जीवन थापाले निर्देशन गर्ने फिल्ममा सुवाष काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको लगानी रहने छ। सुवास काले र प्रशान्तकुमार गुप्ता प्रदीपको फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका निर्माता हुन् । फिल्म हिन्दीसँगै तमिल र तेलुगू भाषामा समेत निर्माण हुने बताइएको छ ।
Discussion about this post