इटहरी/निर्देशक दिनेश राउतले आफ्नो ७ औँ प्रोजेक्टको रूपमा नयाँ फिल्म ‘पूजार सार्की’ निर्माणको घोषणा गरेका छन् । यो फिल्मले जातीय विभेद विरुद्धको कथा भन्ने राउतले मेरो फिल्मलाई जानकारी दिएका छन् । उनका अनुसार, फिल्मको छायांकन माघबाट पोखरामा सुरु हुनेछ ।
यसअघि दिनेशकै निर्देशनमा बनेको फिल्म ‘प्रकाश’का लेखक विकास सुवेदीले फेरी दिनेशकै निर्देशन रहने नया फिल्म ‘पूजार सार्की’ लेखेका छन् । यो फिल्म कसैको वास्तविक जीवनसँग फिल्म मेल खाने तर बायोपिक भने नभएको निर्देशक दिनेशले बताए ।
फिल्मको बारेमा लेखक सुवेदी भन्छन्–‘यो फिल्मको कथा पनि मैले देखेको कथामा नै तयार पारेको हुँ । समाज बदल्नका लागि हिँडेको एउटा कम्युनिष्ट युवाले जातीय समानताको लागि थर बदलेको कथा यसमा प्रस्तुत हुनेछ ।’ यो फिल्मलाई सुभाष भुषालले निर्माण गर्ने पक्का भएको छ । फिल्मका कलाकारको जानकारी केही दिनमा नै दिने दिनेशको भनाई छ ।
Discussion about this post