Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘सतीदेवी’ फर्स्टलुक: मलिकालाई कालोमोसो दलेर जुत्ताको माला, किन लखेट्दैछन् गाउँले ?

✍ सुवास संकल्प
मंसिर ८, २०८० मा प्रकाशित
‘सतीदेवी’ फर्स्टलुक: मलिकालाई कालोमोसो दलेर जुत्ताको माला, किन लखेट्दैछन् गाउँले ?

इटहरी/ लक्ष्मण सुबेदीको लेखन, निर्माण तथा निर्देशन रहेको फिल्म ‘सतीदेवी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक सुवेदीको दिलासा कृएसनबाट निर्माणको आधारमा यो दोश्रो फिल्म हो भने निर्देशनको आधारमा ‘सतीदेवी’ तेश्रो फिल्म हो । सार्वजनिक पोस्टरमा फिल्मको मुख्य भूमिकामा रहेकी नायिका मालिका महतलाई फिचर्ड गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री मलिकालाई घाटीमा जुत्ताको माला र अनुहारमा कालोमोसो दलेर गाउलेहरुले लखेट्दै गरेको देखिन्छ । यसले गर्दा फिल्मप्रती चासो अझै बढेको छ ।

सार्वजनिक पोस्टरमा ‘ईश्वरको उपहार, सृष्टि धान्छन्, होइनन् कर्महारा छोरी बुझौं, छोरी पुजौँ, यिनै संसार सारा…’ भनेर लेकिएको छ । जसले गर्दा यो फिल्म नारी प्रधान हो भन्न सकिन्छ । फिल्ममा निर्देशक सुबेदीले सामाजिक कथालाई सुक्ष्म रुपमा देखाउन खोजेको फर्स्टलुकबाट आँकलन गर्न सकिन्छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासंगको सहकार्यमा निर्माता तथा निर्देशक लक्ष्मणको कम्पनी दिलासा कृयसन प्रालीको प्रस्तुतीमा यो फिल्म निर्माण भएको हो । फिल्मको निर्माताका रुपमा श्रीदेवी सुवेदी रहेकि छन् भने यो फिल्मलाई निर्देशक सुवेदीले स्वर्गबासी आमा तेजकुमारी र बा भक्तीराम सुवेदीमा समर्पित गरेका छन् ।

निर्देशक सुवेदीका अनुसार यो फिल्म ‘सतीदेवी’ बिशुद्ध मौलिक नेपाली समाज, जनजीवन र परिबेशको माटोबाट अन्तर हृदयमा कुदिएको यथार्थ कथा हो । कथा मात्रै होइन यो आम ब्यथा समेत हो । उनी भन्छन् ‘यो फिल्मलाई धार्मिक, पौराणिक कथा तथा पात्रमा बनेको होला भन्ने बुझाई रहेछ, जो पुर्णरुपले गलत छ । ‘सतीदेवी’को कुनैपनी धर्म, जाती, सम्प्रदाय, परम्परा र कालखण्ड तथा ब्यक्तिसँग यसको कुनै प्रकारको सम्बन्ध छैन ।’ फिल्मको बारेमा थप प्रष्ट पार्दै सुवेदीले बाबु र छोरीहरु बीचको मिहीन स्नेह र सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण प्रस्तुत गरिएको बताए ।

उनले यो फिल्म ‘सतीदेवी’ उत्कृष्ट बनेको समेत दावी गरे । उनले भने ‘सतीदेवी’ चल्ने चित्र मात्रै होइन, हेर्ने चलचित्र मात्रै नि होइन, २ घन्टा १५ मिनेट लामो निर्जीव `रिल´ प्राणयुक्त छ । यसले आम हृदयको अनन्त गहिराइसम्म पुगेर जीवनको यथार्थता महसुस गराउन सक्ने सामर्थ्य राख्छ भन्ने बिश्वास मेरो छ ।’ पोस्टर सार्वजनिक भएपनी फिल्मको सार्वजनिक प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन ।

निर्देशक सुवेदीका अनुसार यो फिल्मलाई नेपालका विभिन्न ठाउँमा च्यारिटी शोको रुपमा समेत प्रदर्शन गरिने छ । ‘सतीदेवी’मा नायिका महतसंगै हर्सिका ओली, मन्जिला बानियाँ, सन्दिप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदिप अधिकारी, भोला सापकोटा, सिर्जना अधिकारी लगायत कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई बाबु श्रेष्ठले छायांकन गरेका हुन् । ‘सतीदेवी’मा तारा थापाको सम्पादन, दिपक शर्मा र सुवाष थापाको संगीत, राम जी लामिछानेको कोरियोग्राफी र देव महर्जनको एक्सन रहेको छ ।

अगाडिकाे पाेस्ट

तेश्रो हप्तामा ‘दिमाग खराब’, अबदेखी सबै फिल्मको ५०-५० प्रतिशत शेयर बाँडिने

अर्काे पाेस्ट

अनमोल केसी र जसिता गुरुङको अभिनय रहने फिल्म ‘फर्की फर्की’को शुभमुहूर्त

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana