Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

तेश्रो हप्तामा ‘दिमाग खराब’, अबदेखी सबै फिल्मको ५०-५० प्रतिशत शेयर बाँडिने

✍ सुवास संकल्प
मंसिर ८, २०८० मा प्रकाशित
तेश्रो हप्तामा ‘दिमाग खराब’, अबदेखी सबै फिल्मको ५०-५० प्रतिशत शेयर बाँडिने

इटहरी/ गएको कार्तिक २४ गते हलमा रिलिज भएको दिमाग खराब गत हप्तादेखि मध्य पूर्वी मुलुकहरूमा समेत प्रदर्शन भैरहेको छ भने नेपालमा प्रदर्शनको तेश्रो हप्तामा प्रवेश गरेको छ । यो अवधिमा फिल्मले ७ करोडको व्यापार गरेको निर्माण युनिटले जनाएको छ । सुरुदेखी नै उल्लेख्य दर्शकको साथ पाईरहेको फिल्म दिमाग खराब युनिटले नेपाली फिल्महरुमा हल संचालकबाट भैरहेको भेदभावपुर्ण व्यवहारको विरुद्धमा आवाज उठायो ।

एकसाता अघि फिल्मका तर्फबाट निर्देशक निस्चल बस्नेत र निर्माता रौनक विक्रम कँडेलले संयुक्तरुपमा विदेशी फिल्म र नेपाली फिल्मलाई बराबर शो सङ्ख्या र शेयर बाँडफाँड नगरेसम्म नेपालमा आफ्नो फिल्म ‘दिमाग खराब’ प्रदर्शन रोक्ने निर्णय गर्यो । युनिटले यतिमात्रै हैन पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०-५० प्रतिशत हुने तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५% र प्रदर्शकलाई ६५% शेयर बाँडिने प्रथा हटाई तेस्रो हप्तादेखि पनि शेयर बाँडफाँडमा ५०-५० प्रतिशत हुनुपर्ने माग राखेका थिए ।

दिमाग खराब टिमको जुन निर्णयले नेपालि फिल्म उधोगमा एककिसिमको तरङ्ग नै पैदा भयो । त्यसपस्चात नेपाल चलचित्र निर्माता संघले सो निर्णयलाई समर्थन गर्यो र नेपाल चलचित्र संघसंग वार्ता टोलि नै बनाएर छलफलमा बसेका थिए । मंगलबाट रातीसम्म दिमाग खराब फिल्मको शो थिएन । आन्दोलनमा रहेका कारण निर्माताले शो रोकेर बार्तामा बसेका थिए । तर मंगलबार बसेको वार्ता टोलिले तेस्रो हप्तापछि पनि ५०-५० प्रतिशत शेयर बाँडफाँडमा टुङ्गो लगाउन नसकेपछि वार्ता र फिल्म प्रदर्शन निरन्तर रहने भन्दै बुधबार बिहान भने दिमाग खराबको शो खुलेको थियो ।

यस्तैमा बिहिवार गरिएको छलफलबाट भने यो बिषयले टुङ्गो पाएको छ । अर्थात दिमाग खराब युनिटले उठाएको मुद्धामा सिनेमा हलहरुको छाता संगठन नेपाल चलचित्र संघ सहमतीमा आएको हो । अबदेखी सबै नेपाली फिल्मले हलमा प्रदर्शन भईन्जेल ५० प्रतिशत शेयर पाउने भएका छन् । यो निर्णयले अब फिल्म निर्मातालाई ठूलो राहत मिलेको छ । चलचित्र संघका अध्यक्ष विरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

वार्ता टोलिमा नेपाल चलचित्र संघको तर्फबाट पूर्व अध्यक्ष राजकुमार पोखरेलको संयोजकत्वमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, सुरेन्द्र थापा र प्रज्वल राणा थिए भने निर्माता संघको तर्फबाट पूर्व महासचिव तथा सल्लाहकार अशोक शर्माको संयोजकत्वमा उदयकुमार इङ्नाम, दीपकराज गिरी, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, रवीन्द्रसिंह बानियाँ र कृषा चौलागाईं रहेका थिए ।

अगाडिकाे पाेस्ट

अस्ट्रेलियाको ५ शहरमा गायक नितेश जंग कुवरको प्रस्तुति रहने

अर्काे पाेस्ट

‘सतीदेवी’ फर्स्टलुक: मलिकालाई कालोमोसो दलेर जुत्ताको माला, किन लखेट्दैछन् गाउँले ?

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana