Friday, April 24, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

टिकटकमा सक्रिय यी मोडलहरु टिकटक ब्याण्ड भएपछि के भन्छन् ?

✍ परिकला न्यूज
मंसिर १, २०८० मा प्रकाशित
टिकटकमा सक्रिय यी मोडलहरु टिकटक ब्याण्ड भएपछि के भन्छन् ?

इटहरी/ सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ । समाज टिकटकका कारण विभिन्न विकृतिहरु फैलिएको भन्दै केही समयका लागि टिकटक बन्द गर्न लागिएको सरकारको प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारको यस निर्णयलाई लिएर राजनीतिक वृत्तमा पनि फरक फरक धार देखिएको छ । यसैबीच सत्तारुढ घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेर उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् ।

विकृतिलाई समाधान गर्ने भन्दै बन्द नै गर्नु गलत भएको उनको भनाइ छ । त्यस्तै, टिकटकमा आफू सक्रिय राखेर विभिन्न तवरले आम्दानी गर्दै आएका टिकटकरहरुले भने सरकारको यस निर्णयको चर्को आलोचना गरेका छन् । टिकटकमा सक्रिय रहेकी मोडल कविता नेपाली टिकटक बन्द गर्ने सरकारको निर्णय पूर्णरुपमा गलत भएको बताउँछिन् । ‘सरकारले किन यस्तो गरेको हामीलाई थाहा छैन । तर यस किसिमको निर्णय गलत हो’, उनले भनिन् । त्यस्तै, चर्चित टिकटकर प्रीन्सी खतिवडाले रोजगारीको अभाव भएको अवस्थामा टिकटककै कारण धेरै आफ्नो गुजारा चलाउन सकिरहेको अवस्थामा सरकारले टिकटक व्याण्ड गर्ने निर्णय गर्नु एकदमै गलत हो ।

नेपाल प्रेससँग कुरा गर्दै उनले भनिन्, ‘टिकटक प्रयोगकर्तालाई उपेक्षारुपमा हेर्ने गरिन्छ त्यसैमा सरकारले पनि यस्तो निर्णय गर्नुले हाम्रो प्रयासलाई हतोत्साहित बनाएको छ ।’ अर्की कलाकार प्रियाना आचार्य (मुन्नी)ले जहाँ अडियन्स धेरै हुन्छन् त्यहीँ कला देखाउने हो । त्यस क्रममा टिकटकमार्फत धेरै दर्शकसामु पुगेको बताइन् । ‘सरकारले यसरी टिकटक बन्द गर्नुले हाम्रो कलाकारितालाई सीमित बनाउँछ, किनभने टिकटकबाटै धेरै दर्शकसमक्ष पुग्न सकिने भएकाले नै प्रयोग गर्ने गरिएको हो ।’ टिकटकको सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । सकारात्मक पक्षलाई मात्रै आफूले फिल्टर गरेर अघि बढ्न सकिने आचार्यले बताइन् ।

त्यस्तै, मोडल गरिमा शर्माले आफू टिकटकबाटै उदाएको भए पनि हालका लागि सरकारले गरेको निर्णयमा आफू तटस्थ रहेकाे बताइन् । उनले आफूले टिकटक चलाउँदा छाडापन नभएको बताउँदै अहिले अति नै विकृति बढेको र भ्यूजकै लागि जे पनि गर्ने प्रवृत्ति देखिएकाले सरकारको निर्णय सही भएको उनको भनाइ छ । ‘टिकटकले कलाक्षेत्रमा आउन धेरैलाई अवसर दिए पनि पछिल्लो समय टिकटक काण्डैकाण्डको थलो बनेको छ’, उनले भनिन् ।

अगाडिकाे पाेस्ट

सेन्सर बोर्डबाट फिल्म ‘उफ यो मन’लाई युनिभर्सल’ सर्टिफिकेट

अर्काे पाेस्ट

‘अलि अलि पातली’ बोलको गीत भिडियो सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर
कलिउड न्युज

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

✍ सुवास संकल्प
बैशाख १२, २०८३ मा प्रकाशित
0

...

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने
कलिउड न्युज

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ११, २०८३ मा प्रकाशित
0

...

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

बैशाख ११, २०८३ मा प्रकाशित
चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

बैशाख १०, २०८३ मा प्रकाशित
‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

बैशाख १०, २०८३ मा प्रकाशित
आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

बैशाख ९, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

बैशाख १२, २०८३ मा प्रकाशित
८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

बैशाख ११, २०८३ मा प्रकाशित
‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

बैशाख ११, २०८३ मा प्रकाशित
चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

बैशाख १०, २०८३ मा प्रकाशित
‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

बैशाख १०, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana